दाङमा प्रहरी नियन्त्रणमा रहेका आरोपी फरार

२०७६ भाद्र २३, सोमबार १५:०४ मा प्रकाशित

लिलाधर वली
घोराही, भदौ २३ । ठगी मुद्दाका एक आरोपी प्रहरीको निगरानीमा रहेको अस्पतालबाट फरार भएका छन्। तुलसीपुर उपमहानगरपालीका( १७ निवासी २३ वर्षीय विकासराज गुरु विरामी भएकोले उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लागिएकोमा त्यहीबाट फरार भएको प्रहरीले बताएको छ।

आरोपी गुरुले आफू विरामी भएको बताएपछि उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो। तर, अस्पतालमा उपचार गराउदा गराउँदै उनी भदौ १३ गते फरार भएका छन्।

SPONSORED

प्रहरीले नै अस्पताल लगेको बेला उनी कसरी फरार भए भन्‍ने गम्भीर प्रश्‍न उठेको छ। ‘उ बिरामी भएको छु भनेपछि हामीले उपचारका लागि पठाएका थियौं, त्यहाँ उपचार भैरहेको समयमा भागेको छ’, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक बिनोदविक्रम शाहले भने,‘अहिले फरार अभियुक्तको खोजी कार्य भइरहेको छ।’ प्रहरीले उनको सुरक्षामा अस्पतालमा खटिएका एक प्रहरी जवानलाई निलम्बन गरेर छ।

SPONSORED

विकासराज गुरु भदौ ३ गते ठगी गरेको आरोपमा पक्राउ परेका थिए। जागिर लगाई दिन्छु भन्दै लाखौं रुपैयाँ ठगेको आरोपमा उनीलाई प्रहरीले पक्राउ गरेको थियो। चौधरी एग्रिकल्चर संस्थामा जागिर मिलाई दिन्छु भन्दै ६ जनालाई शेयर हाल्न लगाएर ठगी गरेको आरोप छ। पक्राउ परेको उनलाई प्रहरीले भदौ ४ गते सार्वजनिक गरेको थियो।

SPONSORED

अदालतबाट म्याद थप गरि अनुसन्धान गर्दै जादा आफू कार्यरत संस्थाको अध्यक्ष दिपेन्द्र बस्नेत भएको बताएपछि प्रहरीले बस्नेतलाई समेत पक्राउ गर्‍यो। तर बस्नेत पक्राउ परेको केहि दिनमा प्रहरीको नियन्त्रणमा रहेका विकासराज फरार भएका छन्।