धिरज प्रताप सिँहको प्रसंग सुनाउदै चेम्वर अध्यक्ष महराले भने–शान्ति सुरक्षामा कडा बन्नुहोस, दलको दवावमा नपर्नुहोला’

२०७६ भाद्र २०, शुक्रबार १७:१५ मा प्रकाशित

घोराही, भदौ २० । दाङमा नयाा एसपि जनक भट्टराई आएको दुइ दिन भएको छ । दुइ दिनको विचमा भट्टराइ विभिन्न कार्यक्रममा सहभागि भए । यसैक्रममा नयाँ एसपि भट्टराइलाई दाङ चेम्वर अफ कमर्शको तर्फवाट स्वागत गरीएको छ । चेम्वरले शुक्रवार आफ्नै कार्यालयमा एक औपचारीक कार्यक्रम गरेर उनलाई स्वागत गरेको हो । चेम्वरका जिल्ला अध्यक्ष श्रीधर महराले टोपि र खादा लगाएर एसपि भट्टराइलाई स्वागत गरे । स्वागतकैक्रममा चेम्वर जिल्ला अध्यक्ष महराले नयाा एसपि भट्टराइलाई प्रहरी राजनितिक दलको दवावमा पर्ने गरेको गुनासो आउने गरेको भन्दै दवावमा नपरेर काम गर्न सुझाए ।

उनले तत्कालिन दाङका एसपि हाल मानव स्रोत विभाग प्रहरी प्रधान कार्यालयमा रहेका एसएसपि धिरजप्रताप सिँहको प्रसंग पनि नयाँ आएका एसपि भट्टराईलाई सुनाए । उनले यसअघि जिल्लामा विभिन्न आपराधिक काम, गुन्डागर्दि हुने गरेकोमा एसपि भएर सिँह आएपछि सुरक्षाको जग नै वसेको स्मरण गराए । महराले सिँहकोजस्तै कडा प्रस्तुती राख्दा अपराध धेरै घट्ने भन्दै धेरै नरम हुँदा अपराध बढ्नेतर्फ पनि सचेत गराए । महराको सुझाव सुनेपछि एसपि भट्टराइले कानुन र समाज अनुसार आफु अघि बढ्ने बताए । उनले प्रहरी काममा निष्पक्षता र विश्वसनियता कायम गर्ने भन्दै यसमा शंका नगर्न आग्रह गरे । उनले शान्ति सुरक्षामा कुनै सम्झौता नहुने भन्दै सुरक्षीत वातावरण बनाउन आफुले सबैखाले उपाय अपनाउने पनि सुनाए ।

SPONSORED

चेम्वरका जिल्ला उपाध्यक्ष वलदेव योगिको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रममा चेम्वर दाङका संस्थापक अध्यक्ष दिपक सुवेदि, दाङ देउखुरी होटल ब्यवसायि समितिका अध्यक्ष रुद्रबहादुर डाँगि, चेम्वरका जिल्ला सदस्य मुक्ति खरेल, जागरण अनलाइनका सम्पादक निशानदाजु भट्टराई, पत्रकार आभास बुढाथोकि, चेम्वरका जिल्ला कोषाध्यक्ष विकास अग्रवाल लगायतकाले अपराधलाई अपराधकैरुपमा हेरेर कानुन विपरीतका गतिविधि प्रहरीले रोक्नुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागि सबैलाई उपाध्यक्ष घनश्याम अधिकारीले धन्यवाद दिए भने सहजिकरण सचिव कुमारराज श्रेष्ठले गरे ।

SPONSORED

SPONSORED