वेष्टर्न बैँँकको काण्डमा एसपि भट्टराइले भने–‘प्रहरीको निष्पक्ष अनुसन्धान हुन्छ, दोषि पक्राउ पर्छन, निर्दोष फस्दैनन्’

२०७६ भाद्र २०, शुक्रबार १६:४६ मा प्रकाशित

घोराही, भदौ २० । जिल्ला प्रहरी प्रमुख एसपि जनक भट्टराइले प्रहरीले आफ्नो काम निष्पक्षरुपमा गर्ने बताएका छन् । उनले शुक्रवार सञ्चारकर्मिहरुसंगको परीचयात्मक कार्यक्रममा वोल्दै प्रहरीको अनुसन्धानमा निष्पक्षता हुने कुरामा विश्वस्त हुन सबैलाई आग्रह गरेका हुन् । उनले शान्ति सुरक्षा कायम गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।

राष्ट्रिय सुरक्षा परिषद् काठमाडौबाट दाङमा सुरुवा भएर आएका प्रहरी प्रमुख प्रहरी उपरिक्षक जनक भट्टराईले शान्ति सुरक्षा र अपराध नियन्त्रण नै केन्द्रमा राखेर काम गर्ने बताएका छन् ।  पत्रकारीता क्षेत्र र प्रहरीको दायित्व नै समाजमा शान्ति सुरक्षा कायम गर्ने भएकाले सुरक्षासंग जोडिएका सुचनाहरु सहजरुपमा दिने प्रतिवद्धता ब्यक्त गरे । उनले पछिल्लो दाङमा चलिरहेको वेष्टर्न बैँकको १८ करोड हिनामिना काण्डको निष्पक्षरुपमा अनुसन्धान भइरहेको भन्दै यो मुद्धामा आफु गम्भिर भएर नै अनुसन्धान गर्ने बताए । एसपि भट्टराइले हिनामिना काण्डमा दोषि नउम्कीने भन्दै निर्दोष नफस्ने दावि गर्दै अनुसन्धानलाई सहयोग गर्न पनि आग्रह गरे । सो अवसरमा पत्रकारहरुले सहजरुपमा सुचना आदान प्रदानको वातावरण मिलाइदिन आग्रह गरेका थिए । उनले कानुन विपरीतका घटनाहरु प्रहरीले नियन्त्रणमा लिनेसमेत चेतावानि दिए । कार्यक्रममा पत्रकारहरुको तर्फवाट पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य अजयदिप शर्मा, पुर्व शाखा अध्यक्ष सुदिप गौतम, शाखा सचिव भुपेन्द्र वलिले सञ्चारमैत्री वातावरण बनाउन आग्रह गरे ।

SPONSORED

SPONSORED