जिप्रका दाङद्वारा विवेक श्रेष्ठ र नविन अभिलाषिलाई पक्राउ गर्न वारेन्ट जारी

२०७६ भाद्र १८, बुधबार १७:२९ मा प्रकाशित

रजिष्टार हातपातसहीत लछारपछार गरेको मुद्धा पनि

घोराही, भदौ १८ । बर्दिको प्रहरिलाई हुत्यायर हातपातसहित दुर्ब्यबहार गरेको अभियोगमा दुइ जना विरुद्ध दाङ प्रहरीले वारेन्ट जारी गरेको छ । राप्ती स्वास्थ्य प्रतीष्ठान बचाउ समितीको नाममा तालाबन्दिको कार्यक्रममा डिउटिमा रहेको प्रहरिलाई हुत्यायर हातपातसहित दुव्र्यवहार गरेपछि प्रहरिले लिखितरुपमा प्रतीबेदन तयार गरेर घोराही भरतपुरका बिबेक श्रेष्ठ र लक्ष्मीपुरका नबिन अभिलाषि(नेपाली) माथी मुद्धा दर्ता यसअघि नै गरीसकेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक राजन गौतमले प्रहरीले आफै नै किटाणि जाहेरिसहित मुद्धा दर्ता गरेको र पक्राउका लागि वारेन्ट जारी भइसकेको बताए ।

उनले दुवै जनालाई पक्राउ गर्नका लागि प्रहरी छुट्टै परीचालन गरीएको पनि जानकारी दिए । उनले दुवै जनासहीत वर्दिमा प्रहरीलाई हुत्याउने सबैलाई कारवाहीका लागि प्रहरीले आफै निष्कर्ष निकालि प्रतिवेदन बनाएर पेश गरीसकेको छ । प्रहरी निरीक्षक गौतमले प्रहरीले जसरी पनि पक्राउ गरेर छाड्ने भन्दै कानुन विपरीत काम गर्नेलाई पक्राउ गर्दैन कि भनेर भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् । दाङबाट सरुवा भएर सोमबार धनुषा तीर लागेका एसपि बेल पाण्डेले आफु जाने वेला उनिहरु दुवै जना विरुद्ध प्रहरिले प्रतीबेदनसहितको निष्कर्ष निकाल्दै मुद्धा दर्ता गरेका थिए ।

SPONSORED

जिल्ला प्रहरि कार्यालय दाङका प्रहरि निरिक्षक गौतमले पत्रकार महासघ दाङका अध्यक्ष सबिन प्रियासनसहित आन्दोलनरत पत्रकारको रोहबरमा बर्दि लगाएको प्रहरिमाथि हुत्यायर हातपात भएको प्रहरि प्रतीबेदनमा उल्लेख गरिएको बताए । अभिलाषि पत्रकार हुन भने श्रेष्ठ नेकपा दाङका जिल्ला सदस्य हुन् । उनले प्रहरिमाथी सार्बजनिक ठाउमा डिउटिमै रहेको बेला हुत्यायर हातपात गरेपछि दाङ प्रहरिले आफै भिडियोमा देखिएका सबैला कारबााहीको माग गर्दै यो मुद्धा दायर गरेको हो । प्रहरि निरिक्षक गौतमले प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुुरेल मााथी हातपातको घटना र यो मुद्धा सगै चल्ने बताए । उनले रजिष्टारमाथि हातपातसहित लछारपछार गरेर घोक्रेठ्ययाक लगाउने श्रेष्ठसहित किटाणि जाहेरि दिएकाहरुको खोजिकार्य जारी रहेको बताए । प्रतीष्ठानले हातपातमा भिडियोमा देखिने सबैलाइ कानुनि कारबाहिको लागि जिप्रका दाङमाा किटाणिसहित जाहेरि दिएको छ ।

SPONSORED

पत्रकार महासंघ दाङका अध्यक्षसहितको टोलीद्वारा रजिष्ट्रारमाथि कार्यकक्षमै यसरी हातपात गरे
नारायण खड्का

SPONSORED

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलमाथि कार्यकक्षमै दुर्व्यवहार भएको छ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनको नेतृत्वमा गएको टोलीले बुधबार प्रतिष्ठानमा तालाबन्दी गर्ने क्रममा उनीमाथि हातपात गरेको हो।

सिसी टिभी फुटेजमा रजिष्ट्रारलाई कार्यकक्षमै हुत्याइदिएर लडाएको देखिन्छ। आफूमाथि गालीगलौज समेत गरिएको रजिष्ट्रार प्याकुरेलले बताए।

प्रतिष्ठानकी उपकुलपति डा।संगीता भण्डारीले रजिष्ट्रार प्याकुरेलमाथि कार्यकक्षमै दुर्व्यवहार भएको भन्दै त्यसको विरोध गरिन्। नेकपाका नेता विवेक श्रेष्ठले रजिष्ट्रार प्याकुरेलमाथि हातपात तथा धकलेर लडाइ दिएको भन्दै उनले त्यस्तालाई कारबाही हुनुपर्ने माग गरिन्।

आफूमाथि हातपात र दुर्व्यवहार गरेको भन्दै पीडित प्याकुरेलले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन्। उपकुलपति डा। भण्डारीले पनि कार्यकक्षमै गएर आफ्ना कर्मचारीमाथि अभद्र व्यवहार गरेको हुँदा बुधबार नै तीन जनाविरूद्ध किटानी जाहेरी दिएको सेतोपाटीलाई बताइन्।

प्रतिष्ठान बचाउ अभियानका संयोजक विकिरण गौतम, सदस्य सचिव तथा नेपाल पत्रकार महासंघका दाङ शाखा अध्यक्ष सविन प्रियासन, नेकपाका नेता विवेक श्रेष्ठविरूद्ध किटानी जाहेरी दिएको भण्डारीले बताइन्। तर जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले भने यस विषयमा अनभिज्ञता जनाए।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा। संगीता भण्डारीले पनि प्रहरी प्रशासनले आवश्यक सहयोग नगरेको गुनासो गर्दै आएकी छन्।

उपकुलपति भण्डारीलाई असक्षम र भ्रष्ट भन्दै उनको राजीनामा माग्दै बुधबार पत्रकार महासंघ दाङका पदाधिकारीले प्रतिष्ठानले नाराबाजी र तालाबन्दी गरेको थियो। सो क्रममा प्रहरी र पदाधिकारीबीच धकेलाधकेल समेत भएको थियो।

यसक्रममा पत्रकार र प्रहरी दुबैजनालाई सामान्य चोट पटक पनि लागेको थियो।

त्यही विषयलाई निहुँ बनाउँदै ताला लगाउन पुगेका नेकपा निकटका पत्रकारहरूले आफूमाथि हातपात भएको भन्दै ‘प्रहरी दमन मुर्दावाद, नागरिकको सुरक्षाको ग्यारेन्टी गर’ भन्ने जस्ता नाराबाजी समेत गरेका थिए।

तालाबन्दी रोक्न कार्यको नेतृत्व गरेका प्रहरी अधिकारीले आफूलाई कुहिनामा चोट लागेर रगत आएको भन्दै आफ्नो अवस्था पनि बुझिदिन अपिल गरेका थिए।

‘तपाईंहरू आन्दोनकारी हो कि पत्रकार हो,’ उनले भनेका थिए ‘तपाईंहरू आफैं प्रहरीलाई धक्का पक्का र ताला लगाउन आए अब हामीले के बुझ्ने।’

नेकपाका नेता विवेक श्रेष्ठले ताला लगाउन नदिएर अवरोध गर्न खोज्ने प्रहरीलाई ढाडमा च्याप्प समातेर बाहिर फालेपछि उनले ‘मिडिया मिडिया’ भन्दै कराएका थिए।

‘यहाँ कोही स्वतन्त्र पत्रकार हुनुहुन्छ कि हुनुहुन्न,’ उनले सोधेका थिए। पत्रकार लगायतका आन्दोलनकारीले प्रहरीलाई भित्रै थुनेर मूल गेटमा ताला लगाइ दिएपछि प्रहरी भने पालैपालो पर्खाल नाघेर बाहिर निस्किएका थिए।

यद्यपी ताला बुधबारै खोलिएको छ।

‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ताला लगाउन प्रतिष्ठान बचाऔं’ अभियानका संयोजक विकिरण गौतम, अभियानका सदस्य सचिव तथा नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन, महासंघका सचिव भूपेन्द्र वली, राप्ती पोष्ट दैनिकका प्रकाशक तथा सम्पादक शरद अधिकारी,महासंघका कार्यसमिति सदस्य नविन अभिलासी लगायतका नाराबाजी गर्न गएका थिए।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति तोकिएको थियो। त्यसैले सुरूदेखि नै नेकपाका नेता कार्यकर्ताले आफू निकटको उपकुलपति ल्याउन अनेक प्रयत्न गर्दै उनलाई असहयोग गर्दै आएका छन्।

नेकपाको सरकारले उपकुलपति डा। भण्डारीलाई हटाउने निर्णय गरेको पनि सर्वोच्चले आदेश उल्ट्याएपछि फेरि उनी उक्त पदमा रहेकी छन्। प्रतिष्ठानको स्थापना र सञ्चालन प्रक्रिया देखिनै विवाद तथा आन्दोलन भइरहेको हुँदा प्रतिष्ठानको सेवा सुविधा खस्किँदै गएको छ। त्यसैले गर्दा सर्वसाधारण नागरिक भने मर्कामा पर्दै आएका छन्।