जादाँजादै दाङका एसपिको प्रगति, १८ करोड हिनामिना घटनामा अनुसन्धानका लागि एक पत्रकारसहित १० जना पक्राउ

२०७६ भाद्र १५, आईतवार २३:०४ मा प्रकाशित

दाङ, भदौ १५ । नारायणपुरस्थित देब बैंकको झन्डै १८ करोड हिनामिना घटना अनुसन्धानका क्रममा थप दश जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बैंकको रकम घोटाला काण्डमा सम्लग्न भएको आशंकामा प्रहरीले पछिल्लो समय थप दश जनालाई पक्राउ गरेको छ । जसमा घोराही १० निवासी ४७ बर्षीय वशन्तबहादुर बस्नेत,सोही ठाउँका २६ बर्षीय अर्जुन बस्नेत, सोही ठाउँकै ४५ बर्षीय झगबहादुर डिसी, घोराही १० कै ३७ बर्षीय उज्वल आचार्य, सोही ठाउँकै ५४ बर्षीइ सतकुमार पौडेल, घोराही ८ का ४३ बर्षीय वशन्त बुढाथोकी, साविका कोईलाबास–४ स्थायी बसोबास भई हाल घोराही १४ निवासी २४ बर्षीया बन्धना गुप्ता, साविक कोईलाबास – ९ स्थायी वतन र हाल घोराही १५ निवासी ३८ बर्षीय बिरेन्द्रकुमार गुप्ता, साविक कोईलाबास – ५ स्थायी वतन हाल घोराही १० निवासी ४५ बर्षीय सक्टुराम गुप्ता र साविक त्रिभुवन नगरपालिका वडा नं। १० र हाल घोराही उपमहानगरपालिका वडा नं। १४ निवासी ३१ बर्षीय विजयकुमार गुप्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

SPONSORED

पक्राउ परेका मध्य उज्वल आचार्यले नेपाल पत्रकार महासंघ दाङ शाखाका साधारण सदस्य तथा नेपाल संस्कृत विश्वविद्यालयका कर्मचारी हुन । यसअघि नै बैंक म्यानेजरलाई उक्त अभियोगमा प्रहरीले भदौ ३ गते पक्राउ गरेको थियो । सोही कुसरमा पक्राउ परेका बुढाथोकीको वयानका क्रममा अन्य थप दश जनालाई पनि पक्राउ गरिएको सरुवा भएर जान लागेका जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

SPONSORED

प्रहरीले आइतवार नै पक्राउ परेका पत्रकार तथा विश्वविद्यालयका कर्मचारी आचार्यसहित दशै जनालाई उच्च अदालत तुलसीपुर वाणिज्य ईजलासबाट म्यादसमेत थप गरेको जिल्ला प्रहरी कार्यालय दाङका मुद्दा फाँटका प्रहरी निरीक्षक राजेन्द्र गौतमले बताए । पक्राउ परेका सबैलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने अधिकार प्राप्त भएको गौतमले जानकारी दिए ।

SPONSORED

गौतमले पक्राउ परेका म्यानेजरको बयानका आधारमा बैंकको १८ करोड घोटाला काण्डमा अन्यको पनि नाम आएको हुँदा उनीहरुको संलग्नता रहे नरहेको अनुसन्धान गर्न पक्राउ गर्दै जाने जानकारी दिए ।

प्रहरी निरीक्षक गौतमले पछिल्लो समय पक्राउ गरिएका दश जनाको खातामा १८ करोड मध्यको रकम बैंकबाट ट्रान्सफर भएको देखिएन आएको बताए । ‘बैंकवाट रकम ट्रान्सफर गरेर दशै जनाले पटक÷ पटक उक्त रकम रकम निकासा गरेको देखिएन आएको छ,’ गौतमले भने ।

दाङमा केन्द्रीय कार्यालय रहेको बेष्टर्न डेभलपमेन्ट बैंक र देव बिकास बैंक गत असार महिनामा मात्रै मर्ज भएका थिए । घोराही उपमहानगरपालिका वडा नं। १० नारायणपुर बजारमा रहेको देव विकास बैंकको करिव १८ करोड रकम हिनामिना गरेको अभियोगमा म्यानेजर समिर बुढाथोकीलाई प्रहरीले भदौ ३ गते नै पक्राउ गरेको थियो ।

घोराही वडा नं। १५ भरतपुर निवासी २९ बर्षीय बुढाथोकीको बयानका आधारमा थप दश जनालाई पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीले बताएको छ । म्यानजर बुढाथोकीलाई देव बैंकको १७ करोड ९९ लाख ९० हजार रुपैंया हिनामिना गरेको आरोप लागेको छ । नक्कली ऋणि खडा गरि उनले उक्त रकम हिनामिना गरेको प्रारम्भीक अनुसन्धान वाट खुल्न आएको यसअघि नै जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिएका थिए ।