रजिष्टारमाथिको हातपातसहीत लछारपछार घटनाको समर्थनमा नेकपा दाङ

२०७६ भाद्र १५, आईतवार १९:५५ मा प्रकाशित

 झुटो मुद्धा लगाएर कार्यकर्तालाई फसाउन खोजिएको नेकपा दाङका अध्यक्ष टिकाराम खड्का र सचिव सुवास पुनद्वारा टिप्पणी

घोराही, भदौ १५ । नेकपा दाङले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टारामाथि हातपात गरेर घोक्रेठ्याक लगाएको घटनामा दुख ब्यक्त नगरेर घटनाको समर्थन गरेको छ । रजिष्टारमाथिको हातपातको घटनाको चौतर्फीरुपमा विरोध भइरहेको वेला सत्तारुढ दल नेकपा दाङले त्यो घटनाको समर्थन गरेको हो । शनिवार नेकपा दाङका अध्यक्ष टिकाराम खड्का र सचिव सुवास पुन(तुलसिराम)ले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै प्रतिष्ठान वचाँऔँ अभियानका नाममा भइरहेको आन्दोलनको समर्थन गर्दै हातपातको घटनामा संलग्न भनेर आफ्ना कार्यकर्तालाई झुटो मुद्धा लगाउन खोजेको भनेर वचाउ गरेका छन् ।

यद्यपि, रजिष्टारमाथीको हातपातको घटनाको विरोध गर्दै घटनामा संलग्न दोसषलाई कडा कारवाही गर्न स्थानिय प्रहरी प्रशासन समक्ष माग गरेका छन् । दाङ प्रहरीले घटना भएको ५ दिन वितिसक्दा समेत दोषिलाई पक्राउ गर्न सकेको छैन् । नेकपा दाङका नेता विवेक श्रेष्ठसहीतको टोलिले रजिष्टार प्याकुरेललाइ हातपात गरेर लछारपछार गराएको सिसिटिभिमा प्रष्टरुपमा देख्न सकिन्छ । तर, श्रेष्ठलाई प्रहरीले खोजिकार्य तिव्र पारेपछि सम्पर्क विहीन छन् ।

SPONSORED

SPONSORED