वडा अध्यक्ष रमेश पाण्डेले भने– प्रतिष्ठान बचाऔँ अभियान पार्टीगत रूपमा लग्न खोजेकाले म समितिमा छैन’

२०७६ भाद्र १४, शनिबार २१:०५ मा प्रकाशित

आन्दोलनको गति गलत दिशातर्फ देखीएको स्पष्टोक्ती

घोराही, भदौ १४ । घोराही १५ का वडा अध्यक्ष रमेश पाण्डेले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान वचाँउ समितिलाई राजनितिक समितिको संज्ञा दिदै यो समितिमा आफु नरहेको बताएका छन् ।

उनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका समस्या समाधानका लागी दबाब दिने उद्धेश्यकासाथ नागरिक स्तरबाट गठन भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔँ अभियान समिति पार्टीगत रूपमा लग्न खोजीएकाले र आन्दोलनको गति गलत दिशातर्फ देखीएकाले आफु यो समितिमा नेपालि काग्रेसका युवा नेतासमेत रहेका पाण्डेले बताए । उनले सामाजिक सञ्जाल फेसवुकमा स्ट्याटस लेख्दै भनेका छन्–‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका समस्या समाधानकालागी दबाब दिने उद्धेश्यकासाथ नागरिक स्तरबाट गठन भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔँ अभियानू समिति पार्टीगत रूपमा लग्न खोजीएकाले र आन्दोलनको गति गलत दिशातर्फ देखीएकाले म यो समितिमा नरहेको जानकारी गराउन चाहन्छु ।’

SPONSORED

SPONSORED