सभामुख महराले भने–‘प्रतिष्ठानको वारेमा मलाई नसोध्नुहोस, प्राय म मिटिङ हुने गर्छु, धेरै थाहा हुँदैन’

२०७६ भाद्र १४, शनिबार १९:४१ मा प्रकाशित

घोराही, भदौ १४ । सभामुख कृष्णबहादुर महराले पछिल्लो राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको वारेमा आफुलाई कुनै कुरा थाहा नभएको बताएका छन् । जागरण अनलाइनसंग कुराकानि गर्दै उनले प्रतिष्ठानको पछिल्लो घटनाक्रमको वारेमा आफुलाई थाहा नभएको र नसोध्न पनि आग्रह गरे ।

प्राय आफु मिटिङमा ब्यस्त हुने भन्दै सभामुख महराले आफुलाई भन्दा पनि यो वारेमा आफ्नो प्रेस सल्लाहकारलाई सोध्न पनि आग्रह गरे । महराले भने–प्रतिष्ठानको पछिल्लो घटनाको वारेमा मलाई थाहा छैन, यस वारे मलाई नसोध्नुहोस, मेरो प्रेस सल्लाहकार डिल्लीलाई फोन गरेर बुझ्नुहोस है, प्राय म मिटिङमा ब्यस्त हुन्छु, धेरै कुरा थाहा हुँदैन ।’ यद्यपि, सभामुखले यस्तो भनिरहदा संसदमा केही दिन यता प्रतिपक्ष र सत्तारुढ सांसदहरुले यसै विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइसकेका छन् । तर, महराले यो विषयमा आफुलाई जानकारी छैन भनेर टार्ने प्रयास गरे । महराको निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिष्ठान पर्छ ।

SPONSORED

SPONSORED