शुल्क बृद्धिको विरोधमा दायर गरीएको रिट उच्च अदालतद्वारा खारेज, शुल्क कानुनीरुपमा बढाउन वाटो खुल्यो

२०७६ भाद्र ११, बुधबार १५:४० मा प्रकाशित

घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको शुल्क बृद्धिको विरोधमा दायर गरीएको रिट उच्च अदालत तुलसिपुरले खारेज गरेको छ । अदालतले झन्डै वर्षदिनपछि शुल्क बृद्धिको विरोधमा दायर गरीएको रिट खारेज गरेको हो ।

प्रतिष्ठानले गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने भन्दै शुल्क बृद्धिको विरोधमा दायर गरीएको रिट अदालतले खारेज गरेको प्रतिष्ठानकि उपकुलपति प्राडा संगिता भण्डारीले जानकारी दिनु भयो । अदालतले प्रतिष्ठानले बजेट प्राप्त हुनासाथ सबै सेवालाई अझै प्रभावकारी बनाएर लैजान पनि पनी जोड दिएको भण्डारीले बताउनु भयो । अदालतकै दाङको प्रतिष्ठानले वर्षदीनसम्म शुल्क बृद्धि गर्न सकेको थिएन् । शुल्क बृद्धिको विरोधमा पत्रकार सुदिप गौतम, स्वास्थ्यकर्मि मदन वलि लगायतकाले मुद्धा दायर गर्नु भएको थियो । प्रतिष्ठानको पक्षवाट अधिवक्ता निर्मल गौतमसहीत अन्य अधिवक्ताहरुले वहस गर्नु भएको थियो ।

SPONSORED

SPONSORED