काममा फर्किए सरकारी डाक्टर

२०७६ भाद्र ११, बुधबार ०९:०१ मा प्रकाशित

 

epradeshtoday

घोराही, ११ भदौ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सरकारी डाक्टरहरु काममा फर्किएका छन् । प्रतिष्ठानमा काम गर्ने वातावरण नभएको भन्दै आन्दोलनमा रहेका पाँचजना डाक्टर मंगलबारदेखि काममा फर्किएका हुन् ।

SPONSORED

आन्दोलनमा रहेका पाँचजना डाक्टरहरु आफूले दिएको राजीनामा पत्र फिर्ता लिई काममा फर्किएको प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेलले बताए ।

SPONSORED

काममा फर्किने डाक्टरहरुमा छाला रोग डाक्टर जेम महर्जन, सर्जन डाक्टर ईश्वरी भुसाल, एनाथेसिया डा राजन शाक्य, ईमरजेन्सी वार्डमा कार्यरत डाक्टर अमृत लाम्गादे, सामुदायिक सेवामा कार्यरत डाक्टर बर्षा मानन्धरलगाएतले राजीनामा पत्र फिर्ता लिएर काममा फर्किएको प्रतिष्ठानका रजिष्टार प्याकुरेलल बताए ।

SPONSORED

राजीनामा माग गरेको विज्ञप्ति फिर्ता लिएर काम गर्न आउने र प्रतिष्ठानको नियममा काम गर्ने प्रतिवद्धता जनाएर काम गर्न फर्किएको उनले बताए ।

प्रतिष्ठानमा सरकारी चिकित्सक र प्रतिष्ठानका चिकित्सक गरी दुईथरि चिकित्सकहरु कार्यरत रहेका छन् । जसले गर्दा प्रतिष्ठानमा जिम्मेवारी समस्या उत्पन्न भएको उपकुलपति डा संगीता भण्डारीले बताईन् ।

‘प्रतिष्ठानका कर्मचारीहरु बिहान ८ बजेदेखि काममा आउनुहुन्छ, बिरामीको जाँच गर्नुहुन्छ’ उपकुलपति डा भण्डारीले भनिन् ‘सरकारले नियुक्त गरेका डाक्टरहरु अधिकांस ढिला आउने, बिरामीहरुलाई राम्रोसँग नजाँच्ने, छिट्टै बिदा हुने, रातिको डिउटी नगर्ने हुँदा अन्य डाक्टरहरुलाई जिम्मेवारीमा समस्या उत्पन्न भएको देखिन्छ ।’

अब प्रतिष्ठानमा प्रभावकारी रुपमा सेवा दिने, समय दिने डाक्टरहरु आउने उनले बताइन् । सरकारबाट नियुक्त भएका केही डाक्टरहरुले पूरै सेवा दिएपनि प्रतिष्ठानका र सरकारी डाक्टरहरुको तालमेल नमिलेको उनले बताईन् ।

‘प्रतिष्ठान स्वायत्त संस्था हो, प्रतिष्ठानको आफ्नै नियम अनुसार चल्ने हो’ उनले भनिन् ‘यहाँ कार्यरत डाक्टरहरु यही पूरै समय काममा खटिनु हुनेछ, बाहिर निजी क्लिनिकमा काम गर्न कदापि पाउनुहुने छैन, त्यो प्रतिष्ठानको नियममा पनि छैन ।’

‘गल्ती सबैवाट हुन्छ, एकजना डाक्टरले पटक–पटक गल्ती दोह¥याए, प्रतिष्ठानले कारवाही ग¥यो, त्यसमा अन्यले राजनीति जोडेर भड्काएर एउटा विज्ञप्ति निकाले, त्यसमा कतिजनाको हस्ताक्षर होईन भनिसकेपछि पनि हामीले त्यसलाई आधिकारिक रुपमा मानेनौँ’

उनले भनिन् ‘दुईदिन मात्रै काममा हाजिर भएका डाक्टरहरुले समेत राजीनामा माग गर्नुभएको थियो, उहाँहरुलाई यहाँको राजनीतिक अवस्थाको बारेमा कसरी थाहा भयो र राजीनामा माग्नुभयो ? यहाँ राजनीतिक चलखेल भईरहेको छ ।’

नेपाल सरकार कर्मचारी प्रतिष्ठानमा मातहतमा नभएको र प्रतिष्ठानले दुईथरीका कर्मचारी नराख्ने उनले बताईन् । ‘सरकारी कर्मचारी प्रतिष्ठानको नियममा हुनुहुन्न’ उनले भनिन् ‘हामी दुईथरीका डाक्टरहरु राख्दा नै गञ्जागोल भएको थियो ।’

तीन–तीन महिनामा विशेषज्ञ डाक्टर आवश्यक पर्ने भएकाले डाक्टरको आवश्यकता भईरहने उनले बताईन् । कसैको दबावमा रहेर काम नगर्ने उनले बताईन् । मंगलबारबाट अस्पतालमा डाक्टर फर्किएपछि बिरामी भर्ना गरिएको र पर्चा काटेर सेवा प्रदान गरेको उनले बताईन् ।

सरकारले प्रतिष्ठानलाई आवश्यक बजेट नछुट्याए पनि पहिलेकौ सेवा शुल्कमा काम भईरहेको उनले बताईन् । प्रतिष्ठानलाई प्राप्त बजेटबाट गुणस्तरीय र प्रभावकारी सेवा दिन आफूहरु प्रयासरत रहेको उनले बताईन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अहिले निःशुल्क सुत्केरी सेवा दिदै आएको समेत जानकारी गराईन् । सरकारले यसमा बजेट छुट्याएको छैन, हामीलाई बाध्यकारी पनि छैन, तर हामी हाम्रो दायित्वबाट चुकेका छैनौँ’

उनले भनिन् ‘हामीले बाटो खर्च दिनसकेका छैनौ तर निःशुल्क जाँच गराएका छौं ।’ यसैगरी सामाजिक इकाईमार्फत गरिब तथा जेष्ठ नागरिकहरुलाई अवस्था हेरि निःशुल्कदेखि २० देखि ५० प्रतिसतसम्म उपचारमा छुट दिने गरेको पनि डा भण्डारीले वताईन् ।

प्रदेश टुडेवाट