सर्वदलिय÷सर्वपक्षिय बैठकमा उपकुलपतिको राजिनामा भन्दा पनि सेवा प्रभावकारी बनाउनुपर्नेमा जोड

२०७६ भाद्र १०, मंगलवार २०:४२ मा प्रकाशित

दलहरुसंगको भेटमा उपकुलपति भण्डारीले भनीन्–‘बजेटका लागि पहल गरीदिनुहोस, चिकित्सक ब्यवस्था गरेर उपचारको ब्यवस्था मिलाउछु’

फाइल फोटो ।फाइल फोटो ।

 

SPONSORED

 

SPONSORED

 

SPONSORED

 

फाइल फोटो ।

घोराही, भदौ १० । सर्वदलिय÷सर्वपक्षियरुपमा गठित राप्ती स्वास्थय विज्ञान प्रतिष्ठान सरोकार समितिको मंगलवार घोराहीमा बैठक बसेको छ । बैठकका निर्णयहरुसहीतको ज्ञापनपत्र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय पुगेर समितिले बुझाएको छ । बैठकमा सबै दलहरुवाट उपस्थिती रहेको थियो । बैठकमा नेकपावाट केन्द्रिय सदस्य तथा सहइञ्चार्ज निर्मल आचार्य, नेकपा प्रदेश ५ का प्रदेश कमिटि सदस्य लक्ष्मण आचार्य, नेपालि काग्रेसवाट जिल्ला सचिव शंकरप्रशाद डाँगि, क्षेत्रीय सभापती गिरीराज सुवेदि, राजमोका जिल्ला अध्यक्ष गणेश आचार्य, दाङ जिल्ला उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष हेमराज वन्जाडे, नागरीक समाज दाङका संयोजक चन्द्रराज पन्तसहीत उद्योगि, ब्यवसायि र अन्य साना पार्टिको पनि उपस्थिती रहेको थियो ।

बैठकमा भने घोराहीका मेयर नरुलाल चौधरी ब्याडमिन्टन खेल्नेक्रममा लोटेर घाइते भएपछि काठमान्डौ उपचारकाक्रममा रहेकाले उपस्थित हुनु भएन् । बैठकमा उपकुलपतिको राजिनामाको कुरा नउठेको र प्रतिष्ठानले प्रदान गर्ने सेवामा तत्काल सुधार ल्याउनुपर्नेमा एकमत रहेको बैठकपछि विज्ञप्ती जारी गर्दै संयोजक नारायण भुसालले बताए । बैठकमा उपकुलपतिको राजिनामाको विषय कसैले नउठाएको पनि जानकारी दिए । ज्ञापनपत्र बुझाउन सबै पार्टिका नेताहरु प्रतिष्ठानको कार्यालयमा पुगेका थिए ।

प्रतिष्ठानकि उपकुलपति संगिता भण्डारीलाई प्रतिष्ठान सरोकार समितिको टोलिले ज्ञापनपत्र बुझाउदै प्रतिष्ठानको तत्काल सेवा सुधार गर्न ध्यानाकर्षण गराएको थियो । भेटमा उपकुलपति भण्डारीले सुरुको अवस्थामा धेरै जटिल समस्या आएको र आफुले सेवा राम्रो दिन चाहदा चाहदै पनि थुप्रै समस्या आएको बताइन् । उनले आफु खटिएर र नयाँ चिकित्सक ल्याएर भएपनि विरामिलाई प्रभावकारी सेवा दिने प्रतिवद्धता जनाइन् । बजेटको नआउदा काम गर्न समस्या भएको भन्दै प्रतिष्ठानलाई बजेट उपलब्ध गराउनका लागि पहल गरीदिन आग्रह गरे । प्रसुति सेवाको पैसा प्रदेश सरकारमा आएको र अन्य सरकारी सेवाहरु बजेट आएमा सुचारु गर्दै लैजाने पनि उनले बताइन् । नयाँ चिकित्सकहरु आउनेक्रम जारी रहेको र केही राजिनामा दिएकासमेत फर्किसकेकाले सेवाले गति लिने उपकुलपति भण्डारीको भनाई छ । भेटमा सहभागि दलहरुले राम्रोसंग प्रतिष्ठानको अस्पतालको सेवा बृद्धि र शैक्षिक कार्यक्रमलाई ब्यवस्थितरुपमा अघि बढाउन पनि आग्रह गरेका छन् ।