सर्वदलिय सर्वपक्षिय प्रतिष्ठान सरोकार समिति बोल्यो– विरामिको उपचार सेवा प्रभावकारी बनाऔँ’

२०७६ भाद्र १०, मंगलवार १८:३२ मा प्रकाशित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समितिले प्रतिष्ठान सहजरुपमा सञ्चालन गरेर विरामिको उपचार सेवालाई प्रभावकारी बनाउन जोड दिएको छ । समितिका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा बसेको बैठकले उपचार सेवालाई प्रभावकारी बनाउन प्रतिष्ठानलाई जोड दिएको हो ।
‘‘प्रतिष्ठानमा उत्पन्न भएको समस्याले यस क्षेत्रका जनताको स्वास्थ्य उपचारमा गम्भीर समस्या भएको छ । त्यसैले प्रतिष्ठान प्रशासनलाई यथाशीघ्र समस्या समाधान गरी सहज वाताव्रण निर्माण गर्न अनुरोध गर्दै सहज वातावरण निर्माण गरी प्रतिष्ठानको कामलाई अगाडि बढाउने र विरामीको उपचारको वातावरण प्रतिष्ठानले गर्न नसके समस्याको सहज निकासका लागि लागि सरोकार समिति अन्य विकल्पमा जान बाध्य हुने निर्णय गरियो’– बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

SPONSORED

SPONSORED