राप्ती स्वास्थ्य प्रतिष्ठानमा नया चिकित्सक आउन थाले

२०७६ भाद्र ९, सोमबार ०८:२० मा प्रकाशित

घोराही । राप्ती स्वास्थ्य बिज्ञान प्रतीष्ठानमा नया चिकित्सकहरु आउन थालेका छन । प्रतीष्ठानकि उपकुलपती प्राडा संगीता भण्डारिले प्रतीष्ठानमा नया चिकित्सक आउन थालेको बताइन । प्रतीष्ठानको नियम अनुसार चिकित्सकहरु नचलेपछि हिजो मात्रै ९ जना चिकित्सकलाई बर्खास्त गरेको थियो । प्रतीष्ठानका चिकित्सक मनोज यादबले प्रतीष्ठानका बिरामीलाई बाहीर निजि ल्याबमा जाच्न पठाएपछि सोहि कुरालाई समर्थन गर्दै अन्य चिकित्सकहरुले सामुहिक राजीनामा दिएका थिए । प्रतिष्ठानले राजीनामा स्विकृत गर्दै नया चिकित्सकको भर्ना प्रकृया अघि बढाएको छ ।

बि एण्ड बि हस्पिटलका अर्थोपेडिक सर्जन रिसेस्वर श्रेष्ठ आजदेखि  राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा नियुक्त भएर काममा आइसकेको र राजीनामा दिएका केहि चिकित्सकहरु आफ्नो राजीनामा फिर्ता गरेर काममा फर्किसकेका छन । प्रतिष्ठानका उपकुलपती भण्डारिले नया डाक्टरहरु भर्ना गरेर बिरामीको उपचार गरिने र आफै पनि उपचारमा खटिएको बताइन ।

SPONSORED

SPONSORED