रास्ट्रिय सभा सदस्य अनिता देबकोटा भन्छीन– प्रतिष्ठान राम्रो बनाउने कुरामा ध्यान छैन, राजनितिक प्रतिसोध साध्ने थलो बनाइयो

२०७६ भाद्र ८, आईतवार ०९:२२ मा प्रकाशित

घोराही, भदौ ८ । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विपक्षमा भइरहेको गतिविधिहरु राजनितिक प्रतिशोध भएको टिप्पणि गरेकि छन् । उनले कुराकानिकाक्रममा प्रतिष्ठानमा राजनितिक आग्रह, पुर्वाग्रह पालेर राजनितिक प्रतिशोध साध्ने काम भएको बताइन् । उनले प्रतिष्ठानको स्वास्थ्य सेवा राम्रो हुनुपर्छ भनेर पटक–पटक राष्ट्रिय सभामा कुरा उठाएको, तर, दाङका जनप्रतिनिधिवाट यसको नेतृत्व गरेर प्रतिष्ठान राम्रो बनाउन नलाग्नु विडम्वना भएको बताइन् ।

प्रतिष्ठान सबैको साझा सम्पत्ति भएको भन्दै राजनितिक प्रतिशोधले गरीने काम टुंगोमा नपुग्ने उनले बताइन् । प्रतिष्ठानलाई राजनितिक मुक्त गरेर राम्रो ढंगवाट बजेट विनीयोजन गरेर दिएमा प्रतिष्ठान अघि बढ्ने भन्दै बजेटसंगै काम गर्ने वातावरण नदिएकै कारण प्रतिष्ठानलाई पछि पार्ने काम भएको उनले बताइन् । प्रतिष्ठानलाई बजेट माग गर्दै पटक–पटक सांसद देवकोटा राष्ट्रिय सभा भित्रै वोल्दै आएकि छिन् । प्रतिष्ठानमा भइरहेका गतिविधि र विपक्षमा भइरहेको गतिविधि सबै आफुले नजिकवाट नियालिरहेको भन्दै दाङका जनप्रतिनिधिले एकजुट भएर बजेट माग गरेर प्रतिष्ठान अघि बढाउन लाग्नुपर्नेमा विभिन्न वहाना बनाएर अवरोध गर्न खोज्नु राम्रो कुरा नभएको र सबै कुरा दङ्गालिले बुझेको बताइन् । उनले विभिन्न वहाना बनाउदै एकाएक परीस्थितीलाई जटिल बनाएर लैजान खोज्नु त्यो सरासर राजिनितीक पुर्वाग्रह वाहेक अरु केही नभएको बताइन् । उनले समस्यालाई समाधान गर्ने कुरातर्फ जानु पर्नेमा स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा अप्ठ्यारो पार्न खोजेर निकास ननिक्लीने पनि ठोकुवा गरीन् ।

SPONSORED

SPONSORED