काग्रेस दाङका सभापति खड्का भन्छन्–प्रतिष्ठान असफल बनाउन सबै लागि परेका छन्, काग्रेसलाई यो मान्य हुदैन्’

२०७६ भाद्र ७, शनिबार १९:५९ मा प्रकाशित

पार्टिको लाइन प्रतिष्ठानलाई जसरी पनि सफल बनाउने रहेको स्पष्टोक्ती

घोराही, भदौ ७ । नेपालि काग्रेस दाङका जिल्ला सभापति किर्तिबहादुर खड्काले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान असफल बनाउन सबै लागिपरेको आफुलाई आभास भएको प्रतिक्रीया दिएका छन् ।

उनले कुराकानिकाक्रममा प्रतिष्ठान स्थापना गर्न काग्रेस र कम्युनिष्ट दुवै मिलेर लागेपनि अहिले सबै पक्ष यसलाई जसरी पनि असफल बनाउने पक्षमा लागि परेको बताएका हुन् । उनले सामुहीकरुपमा चिकित्सकहरुले राजिनामा दिएको भनेर सञ्चारमाध्यममा आएको समाचारलाई एकदमै प्रोत्साहीत गर्ने गरी आएको भन्दै उनले यसरी एकाएक अकस्मात राजिनामा दिएर संस्था असफल बनाउने कसैलाई छुट नरहेको बताए । स्वास्थ्यजस्तो संवेदनशिल क्षेत्रमा राजिनामा दिएका भनिएका चिकित्सकहरुलाई काममा फर्काएर जनताको उपचारमा सहयोग पु¥याउनुको साटो एकले अर्कोलाई दोषि देखाउने काम मात्रै भएका टिप्पणी गरे ।

SPONSORED

जिल्ला सभापति खड्काले सर्वपक्षिय वा सर्वदलिय भनिएका बैठकहरुमा काग्रेसलाई कुनै पनि किसिमको औपचारीकरुपमा पत्र नआएको भन्दै पार्टिको लाइन प्रतिष्ठानलाई जसरी पनि सफल बनाउने रहेको बताए । उनले ठुलो दुख गरेर प्रतिष्ठान जन्माएको भन्दै कुनै ब्यक्ति मन परेन भनेर संस्था ठिक भएन भनेर गलत प्रचार गरीएको भन्दै प्रतिष्ठान सफल बनाउन कसैले पनि भुमिका निर्वाह नगरेको स्पष्ट पारे । नेता खड्काले सत्तारुढ पार्टिले प्रतिष्ठानलाई बजेट नदिएर आफै अलपत्र पार्ने काम गरेको भन्दै एकाएक चिकित्सकहरुको सामुहीक राजिनामा गराएर प्रतिष्ठानलाई खेल मैदान बनाउन खोजिएकोप्रति तिव्र आक्रोश पोखे । उनले पछिल्लो प्रतिष्ठानको नाममा गठन भएका समितिहरुमा पार्टिवाट आधिकारीकरुपमा निम्ता नआएकाले पार्टिको कुनै पनि प्रतिनिधि नरहेको पनी बताए । प्रतिष्ठान सरोकार समितिकोतर्फवाट विभिन्न समयमा प्रतिष्ठानलाई राम्रो बनाउन दवाव दिने काम भइरहेको भन्दै संस्थालाई जसरी पनि असफल बनाउने रणनितिका साथ सत्तारुढ दलका गतिविधिहरु काग्रेसलाई मान्य नहुने पनि उनले चेतावानि दिएका छन् ।

SPONSORED

उनले काग्रेस निरन्तर प्रतिष्ठानको पक्षमा रहेको भन्दै प्रतिष्ठानको सेवा सुविधा थप्ने र यहाँको स्तरोन्नतीका लागि आफ्नोतर्फवाट पहल गर्न तयार रहेको बताए । खड्काले भने–राप्ती स्वास्थ्य प्रतिष्ठानलाई सफल बनाउन को लागेको छ र, सबै असफल बनाउन खोजिराखेका छन्, चिकित्सकहरुले राजिनामा दिएर समाधान त होइन्, अनि त्यसलाई समाधान गरेर काममा फर्काउने होकि, चिकित्सकहरुले राजिनामा दिनु ठिक हो भन्दै हिड्ने, त्यसैले, चिकित्सकवाट वदमासि भएको छ भने त्यो दायरामा आउनुपर्छ, अर्को कुरा प्रतिष्ठानको नियमानुसर संस्था चल्नुपर्छ, विधि, पद्धति सबैले मान्नुपर्छ, हामि हिजो पनि प्रतिष्ठानको पक्षमा थियौ, आज पनि छौ, सत्तारुढ दलले बजेट नदिएर प्रतिष्ठानलाई असफल बनाउने छुट छैन, यो जनताले मुल्याङ्कन गरीरहेका छन् ।’

SPONSORED