निजि ल्यावमा विरामिलाई परीक्षणका लागि पठाउने चिकित्सकमाथि प्रतिष्ठानको कारवाही

२०७६ भाद्र ६, शुक्रबार २१:०३ मा प्रकाशित

 प्रतिष्ठानको सेवा सबै सुचारु रहेको जानकारी

घोराही, ६ भदौ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रतिष्ठानमा कार्यरत एक जना मेडिकल अधिकृतले अस्पतालमा सेवा हुँदा हुँदै वाहीर निजि ल्यावमा परीक्षणका लागि पठाएपछि कारवाही गरेको छ ।

प्रतिष्ठानका रजिष्टार रामप्रशाद प्याकुरेलले विज्ञप्ती जारी गरेर प्रतिष्ठानमै हुने जाँच विरामिलाई वाहीर निजि ल्यावमा पठाएपछि उनिमाथि एक्सन लिईएको जानकारी दिए । उनले प्रतिष्ठानमा आवद्ध चिकित्सक र कर्मचारीले वाहीर निजि क्लिनिक र अस्पतालमा अभ्यास गर्न नपाउने भन्दै यदि प्रतिष्ठानको नियम विपरीत काम गरेमा कारवाहीको दायरामा सबैलाई ल्याउने बताए । यसअघि पनि प्रतिष्ठानमा कार्यरत केही कर्मचारी र अहेव वाहीर निजि क्लिनिकमा काम गरेको पत्ता लागेपछि प्रतिष्ठानले जागिरवाट हटाएको थियो ।

SPONSORED

रजिष्टार प्याकुरेलद्वारी जारी विज्ञप्तीमा भनिएको छ–यस प्रतिष्ठानका करारमा कार्यरत एक जना मेडिकल अधिकृतले प्रतिष्ठानको निति, नियम र हित विपरीत प्रतिष्ठानको हानि नोक्सानि हुने गरी प्रतिष्ठानमा आएका विरामिहरुको परीक्षण वाहीर पठाई आर्थिक लाभ लिएको कुरा निजले स्विकार गरेको सन्दर्भमा प्रतिष्ठानले निजसंग गरेको करार भंग गरी सेवामा कायम नराख्ने भनि गरेको निर्णय निजलाई पत्र मार्फत जानकारी गराएको अवगत गराउदछौ ।’ प्रतिष्ठानलाई यस वारेमा सोधपुछ गर्दा कारवाही गरीएको मेडिकल अधिकृतले विरामिलाई वाहीर ल्यावमा जाच्न पठाए वाफत सो ल्याववाट पैसा लिने गरेको स्विकारी सकेकाले प्रमाणसहीत उनिमाथि एक्सन लिईएको बुझीएको छ । साथै प्रतिष्ठानले अस्पतालको सेवा सुचारु भइसकेको र चिकित्सकहरुले आफुहरुले राजिनामा नदीएको स्पष्ट पारेकाले शुक्रवारदेखी नै ओपिडिमा विरामि जाचेको बताएको छ । यद्यपि प्रतिष्ठानले कारवाहीमा परेका ब्यक्तिको नाम भने विज्ञप्तीमा खुलाएको छैन् । प्रतिष्ठानका चिकित्सक डा. मनोज यादवले विरामिलाई ल्याव परीक्षण गर्न पठाएको प्रमाणसहीत विरामिको उजुरी आएपछि छानविन गरेर उनिमाथि एक्सन लिईएको प्रतिष्ठानको भनाई छ ।

SPONSORED

SPONSORED