साझाको विरुद्ध राप्ती स्वास्थ्य प्रतिष्ठानले कानुनी उपचार खोज्ने

२०७६ श्रावण ३०, बिहीबार २१:३३ मा प्रकाशित

प्रतिष्ठानले भन्यो–सरकारी र प्रतिष्ठानका डाक्टरहरुले निजि क्लिनिक र अस्पतालमा विरामि जाच्न पाउदैनन्’

घोराही, साउन ३० । म्याद सकिसकेर पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान परीसरमा रहेको साझा फार्मेसि हट्न नमानेपछि प्रतिष्ठानले साझाको विरुद्धमा कानुनि उपचार खोज्ने भएको छ ।

प्रतिष्ठानका रजिष्टार रामप्रशाद प्याकुरेलले पटक–पटक प्रतिष्ठानको तर्फवाट साझालाई हटाउन लिखितरुपमा पत्राचार गर्दा पनि नहटेपछि साझालाई हटाउन कानुनी उपचार खोज्ने बताए । प्रतिष्ठानले म्याद सकिएपछि साझालाई आफ्नो हाताभित्रवाट हटाउन लिखितरुपमा जिल्ला प्रशासन कार्यालय दाङदेखी स्वास्थ्य मन्त्रालयमा प्रकृयागतरुपमा सबै सरोकारवाला पक्षलाई पत्र पठाइसकेको छ । रजिष्टार प्याकुरेलले अव प्रतिष्ठान कानुनि उपचार खोजेर साझालाई हटाउने तयारी गरेको बताए । यद्यपि, प्रधानमन्त्रि केपि शर्मा ओलिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आफ्नो अस्पताल फार्मेसि चलाउन निर्देशन दिइसकेका छन् । केही समय पहिले भएको तेस्रो सिनेट सभामा प्रधानमन्त्रि ओलिले प्रतिष्ठानको हाताभीत्र रहेको साझाको म्याद सकिएकाले अस्पतालले आफ्नो फार्मेसि चलाउन सक्ने बताएका थिए । उनले सिनेट सभामा भनेका छन्–‘प्रतिष्ठानले आफ्नो फार्मेसि चलाओस, जनताले गुणस्तरीय र सर्वसुलभरुपमा औषधि पाउन, वलजफ्तिरुपमा आफ्नो म्याद सकिएपछि साझा प्रतिष्ठानमा बस्न पाउदैन, प्रतिष्ठानले आफ्नो फार्मेसि चलाउनु त स्वाभाविक हो ।’

SPONSORED

प्रतिष्ठानका रजिष्टार प्याकुरेलले प्रतिष्ठानमा नयाँ आउने वा पुरानै दरवन्दि थमौति भएका सरकारी चिकित्सकहरु प्रतिष्ठानको नियममा बस्नु पर्ने भन्दै प्रतिष्ठानमा कार्यरत सरकारी वा प्रतिष्ठानका आफ्नै चिकित्सक, नर्स र कर्मचारीहरुले वाहीर निजि अस्पताल वा क्लिनिकमा काम गर्न नपाउने बताए । साथै उनले प्रतिष्ठानकोतर्फवाट सरकारी चिकित्सकहरुलाई प्रतिष्ठानको नियमानुसार काम गर्न र गराउने गरी प्रतिष्ठानमा पठाउन लिखीतरुपमा स्वास्थ्य मन्त्रालयलाई अनुरोध पत्र पठाईएको र मन्त्रालयको पत्र आउनासाथ यो लागु हुने बताए । मन्त्रालयमा प्रतिष्ठान स्वायत्त संस्था भएकाले त्यसमा आफ्नै नियम लागु हुने भन्दै प्रतिष्ठान भएपछि त्यहा कार्यरत चिकित्सकहरुले वाहीर विरामि जाचेमा प्रतिष्ठानको कुनै अर्थ नहुने भएकाले एकैखालको नियम लागु गर्नका लागि सहयोग मन्त्रालयमा पत्र पठाईएको उनले बताए । यसअगाडि प्रतिष्ठानले निजि क्लिनिक र अस्पतालमा काम गरेको भन्दै आफ्ना अहेवसहीत केही कर्मचारी हटाइसकेको छ ।

SPONSORED

SPONSORED