दस हजार घुस रकम सहित अख्तियार टोलिद्वारा घोराहीवाट मावि रझेनाका शिक्षक पक्राउ

२०७६ श्रावण २७, सोमबार १६:०५ मा प्रकाशित

दाङ,साउन २७ । अख्तियारको टोलीले.दाङमा एक जना शिक्षक दस हजार घुस रकम सहित सोमवार अपरान्ह पक्राउ परेका छन ।
घोराही उपमहानगरपालका वडा नं १८ मा रहेको माध्यमिक विद्यालय रझेनामा उच्च मावि राहत दरवन्दीमा कार्यरत शिक्षक गणेश केसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले घुस रकम सहित घोराहीबाट रंगेहात पक्राउ गरेको हो ।
विद्यालयमा सञ्चालन भएको सिभिल इञ्जिनियरिङ्गको प्रवेश परिक्षामा नाम निकालिदिने भन्दै एक विद्यार्थीबाट १० हजार रुपैया लिइरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको बताएको छ ।

पक्राउ परेका केसीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।
रुकुममा सिन्ने स्थायी घर भएका शिक्षक केसी दाङको युवा क्षेत्रमा अग्रेजी शिक्षक पढाउने एक लोकप्रिय शिक्षक मानिन्छन । रुकुमकै एक विद्यार्थीसँग घोराहीको एक होटलमा बसेर पैसा लिइरहेको अवस्थामा अख्तियार टोलीले पक्राउ गरेको हो । उनले पछिल्लो एक दशकमा निजी विद्यालयमा राम्रो काम गरेका शिक्षक मानिन्छन । उनी दुइ बर्ष अघी मात्रै उच्च मावि राहत शिक्षकको दरवन्दीमा मावि रझेनामा गएका थिए ।

SPONSORED

SPONSORED