दाङका एसपि वेल पाण्डेको आक्रामक कदम– धर्म प्रचार–प्रसार पक्राउ गर्नेदेखी एनसिएलमाथिको छापासम्म

२०७६ श्रावण २५, शनिबार २२:१७ मा प्रकाशित

घोराही, साउन २५ । दाङमा प्रहरीले एनसिएलको डिलरमाथि छापा हानेको छ । घोराही १५ विपि चोक नजिकै आफ्नै घरमा डिलर सञ्चालन गरीरहेका एक डिलर सञ्चालकको घरमा छापा हानेको हो ।

डिलर सञ्चालक गणेश रेग्मिले आफ्नै घरमा रहेको एनसिएलको डिलरवाट अवैध तरीकाले एनसिएलको सिमकार्ड विक्री वितरण भइरहेकोे गोप्य सुचनाको आधारमा डिलरमा छापा हानिएको दाङका प्रहरी प्रमुख एसपि वेल पाण्डेले जानकारी दिए । घरमा छापा हानेपछि डिलर सञ्चालक रेग्मि अहिले फरार रहेकाले उनको खोजतलास जारी राखिएको एसपि पाण्डेले बताए । डिलर सञ्चालकको घरमा प्रहरीले खानतलासि गर्दा विक्री हुनुभन्दा पहिले एक्टिभ गरीएका अवैध सिमकार्डसहीत विभिन्न सामग्रीहरु वरामद गरेको छ । फरार रहेका एनसिएल सञ्चालक माथि दुर सञ्चार कसुर ऐन २०५३ विरुद्धको कसुर अन्तरगत मुद्धा चलाइने र अहिले अनुसन्धानको प्रकृयामा रहेको एसपि पाण्डेले बताए । प्रहरीका अनुसार घर खानतलासि गर्नेक्रममा स्मार्ट स्ट्यान्डर्ड प्याक लेखीएको सिमकार्ड ६ सय ७० थान, स्मार्ट मास्टर सिम ६३ थान, एनसिएल कम्पनिको सिमकार्ड २ सय थान(विक्री हुनु भन्दा पहिले नै एक्टिभ गरीएको), विभिन्न ब्यक्तिको सवारी चालक अनुमति पत्र, नेपालि नागरीकताको प्रतिलिपि १ हजार २ सय ६७ थान, विभिन्न ब्यक्तिको पासपोर्ट साइजको फोटो ४ सय ७८ थान( प्रत्येकको १०÷१० प्रति प्रीन्ट गरीएको), फोरजि स्ट्यान्डर्ड प्याक स्मार्ट सेल लेखीएको सिमकार्ड ४ सय ८० थान, सादा मोवाइल २ थान, माइक्रोम्याक्स मोवाइल एक थान, कालो रङको नेट डाटा डिभाइस ३ वटा वरामद गरीएको छ । गएको कार्तिकमा दाङ आएका एसपि पाण्डेले प्रहरी कारवाही आक्रामक बनाउदै लगेका छन् ।

SPONSORED

उनले गुन्डागर्दि विरुद्ध अप्रेसन चलाउदै आएका छन् । पछिल्लो पटक पाण्डेले नेतृत्व सम्हालेपछि प्रहरी भित्र काम कारवाहीमा आक्रामक एसपिकारुपमा चिनिन्छन् । दाङवाट यसअघि गुन्डागर्दि पुरै ध्वस्त बनाएर दाङमा शान्ति सुरक्षाको जग वसालेर गएका तत्कालिन जिल्ला प्रहरी प्रमुख हालका एसएसपि धिरजप्रताप सिँहको शैलिलाई फ्लोअप गर्दै आएका छन् । क्रीष्टियन प्रचार गर्दै हिडेका अमेरीकन र भारतिय नागरीकलाई पक्राउ गरेर पाण्डे चर्चामा आएका थिए । क्रीष्टियनलाई छुटाउन नेताहरुको चर्को दवाव भएपछि उनले आट गरेर नै धर्म प्रचार प्रसार गर्दै हिड्ने क्रीष्टियनहरुमाथि मुद्धा चलाएका थिए । द्वन्द्वकालमा पनि रुकुमको खारामा इन्सेपेक्टर हुँदा उनले तहल्का मच्चाएका थिए । उनले घोराहीमा चोरीको सुन किन्ने शाक्य गहना पसलका सञ्चालकद्वय वावु छोरामाथि मुद्धासमेत चलाएका थिए । यद्यपि, सो घटनामा संलग्न अन्य साना सुन ब्यवसायि पक्राउ परेपनि शाक्यका वावु छोरा लामो समय फरार रहेर सिधै अदालतमा हाजिर भएका थिए । गलत काम गर्नेहरुमाथि प्रहरी एक्सन अघि बढाएका पाण्डे जिल्लामै शान्ति सुरक्षा कायम गर्न अहिले सफल एसपिकारुपमा आफ्नो परीचय वनाएका छन् । जुवातास काण्डमा तत्कालिन एसपि कृष्णहरी शर्मा पोख्रेल प्रहरी प्रधान कार्यालय तानिएपछि पाण्डेले जिल्लाको शान्ति सुरक्षाको नेतृत्व सम्हाल्न आइपुगेका थिए ।

SPONSORED

निडर र कडा स्वभावका पाण्डे प्रहरीको कार्य सम्पादनमा नेताहरु तथा अन्य कुनै ब्यक्तिहरुकोे कुरा खासै सुन्दैनन् । उनले जिप्रका दाङको मुल गेटमा नै विचौलियालाई प्रवेश निषेध भनेर सार्वजनिकरुपमा सुचना टासेका छन् । केही दिन अघि पत्रकार सम्मेलन गरेर एसपि पाण्डेले जिल्लामा आफ्नो कार्यकालमा आपराधीक घटनाहरु कम भएको र केही छिटफुटरुपमा भएका आपराधिक घटनामा संलग्न अभियुक्त समातिसकेको बताए । उनले आफुले अनुसन्धान गरेका जुनसुकै मुद्धाहरुमा घटनाको पुरै अनुसन्धान गरेको र हाल फरार रहेका अभियुक्तहरु आफु दाङवाट सरुवा भएर अनेत्र गएपनि नयाँ आउने एसपिले सजिलै फाइल अध्ययन गरेर पक्राउ गर्न सफल हुने पनि बताए । उनले हेमराज धितालको हत्याकाण्डमा परीवारसंग वसेर अध्ययन अनुसन्धान गरीने भन्दै परीवारले घटनामा नाम नै किटाणि गरेर जाहेरी दिएमा अहिले पनी समातेर आफु अनुसन्धान गर्न तयार रहेको र यसको अनुसन्धानमा परीवारले पुरै सहयोग गर्नुपर्ने बताए । दाङमा दश वर्षको अवधिमा केही अपराधको सख्या बढेको जस्तो देखीएपनि पछिल्ला वर्षहरुमा अपराधको सख्या कम भएपनि कतिपय आपराधिक घटनाहरु प्रहरीमा नआई वाहिर पैसामा वार्गेनिङ गरेर मिलाईएको बताए ।

SPONSORED

उनले वलात्कारमा मुद्धामा आर्थिक लेनदेनकै कारण प्रहरी समक्ष आउदा मुद्धा ठिक भएपनि अदालतसम्म पुग्दा पिडितले र सािक्षले वयान फेरेर होस्टाइल गर्दा समस्या उत्पन्न भएको र पिडकहरु उम्किने गरेको बताए । दाङमा शनिबारको दिन सबैभन्दा धेरै अपराधिक घटना हुने गरेको पाइएको प्रहरीले अनुसन्धानले देखाएको छ। गत आर्थिक वर्षको अवधिमा जिल्लामा ९ सय ५७ विभिन्न अपराधिक घटना दर्ता भएको दाङ प्रहरीले जानकारी दिँदै शनिबार मात्रै १ सय ८७ वटा अपराधिक घटना घटेको बताए। समय हेर्दा बेलुका ६ बजेदेखि राति १२ बजेसम्म बढी जसो अपराधिक घटना हुने गरेको प्रहरीले जनाएको छ। शनिवार धेरै घटना घट्नुको मुख्य कारण भने मदिरा सेवनलाई मान्न सकिने प्रहरीको विश्लेषण छ। त्यसैगरी महिना अन्तर्गत माघ महिनामा सबैभन्दा धेरै अपराधिक घटनाहरु भएको प्रहरीको तथ्याङकले देखाएको छ। माघ महिनामा कुल १ सय ९ वटा अपराधिक घटना दर्ता भएको छ। दाङमा वितेको आर्थिक वर्षमा ६ सय ८० वटा सवारी दुर्घटना भएका छन्। त्यसमध्य गम्भीर खालको १ सय ८४ वटा सवारी दुर्घटना भएको र १ सय ४ जनाको मृत्यु भएको प्रहरीले बताएको छ।

वितेको आर्थिक वर्षमा ३४ हजार ५ सय १० वटा सवारी कारवाहीमा परेका छन्। मापेस कारवाहीमा ९ सय ५० जना परेको प्रहरीले बताएको छ।
यो अवधिमा जिल्लामा सबैभन्दा धेरै जबरजस्ती करणीका घटना दर्ता भएको प्रहरीले बताएको छ। त्यसपछि आगुऔषध दुव्र्यसनीका घटना दर्ता भएको छ।