६ जनाको संख्यामा रहेका भरत शाही लगाएतका युवाहरुले वलीलाई शनिवार दिउँसो करिब २ः३० बजे जसपुरको जनबहार चोक नजिकै अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर भएका वलीको तुलसीपुरमा प्राथमिक उपचारगरी नेपालगन्ज मेडिकल कलेज रेफर गरिएको थियो । त्यहाँपनि उपचार हुननसकेपछी गएराती लखनउ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दाङ प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेका अनुसार घटनामा संलग्न दुईजना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई जुरपनियाको जंगलबाट पक्राउ गरेको हो । उनीहरु प्रहरीले लखेटीपछी मोटरसाइल छाडेर भागेका थिए । प्रहरीले उनीहरुको साथबाट मोटरसाइकलको चावी बरामद गरेको छ । उनीहरुलाई इप्रका तुलसीपुरको हिरासतमा राखेर अनुसन्धना अघी बढाइएको छ । पक्राउ परेकाको नाम सार्वजनिक गरिएको छैन् । फरार भएकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।