दाङ चेम्वरको अध्यक्ष श्रीधर महरा निर्विरोध, पदाधिकारी र सदस्यमा पनि सर्वसम्मत चयन

२०७६ असार २८, शनिबार १५:४५ मा प्रकाशित

घोराही, असार २८ । दाङ चेम्वर अफ कमर्शको अध्यक्ष घोराहीका सफल ब्यवसायि श्रीधर महरा निर्विरोध चयन भएका छन् । दाङ चेम्वर अफ कमर्शको शनिवार घोराहीमा सम्पन्न प्रथम जिल्ला अधिवेसन तथा साधारण सभावाट ब्यवसायि महराको नेतृत्वमा विधान वमोजिम कार्य समितिले तिन सदस्य पछि मनोनित गर्ने गरी २१ सदस्यिय नयाँ कार्य समिति चयन गरेको छ ।

महरा चेम्वरकै तदर्थ समितिको कार्य समिति सदस्य हुँदै उपाध्यक्ष भएर संस्थापककारुपमा काम गरीसकेका छन् । मिलनसार, सहयोगि महरा ब्यावसायिक क्षेत्रमा लामो समयदेखी सकृय रहेका छन् । उनि विभिन्न सामाजिक संघ संस्थाको नेतृत्वदायि भुमिका पनी रहेका छन् । घोराहीको भ्यालि टप वोर्डिङ, गुरुवागाँउको स्कलरल्याण्ड वोर्डिङको लामो समय अध्यक्ष भएर उनले जिम्मेवारी निभाएका छन् । प्रावि क्वाडि९तत्कालिन रात्रि विद्यालय क्वाडि) विद्यालयमा २२ वर्ष लामो अध्यापनरत महराको शैक्षिक क्षेत्रमा महत्वपुर्ण योगदान रहेको छ । जग्गा ब्यवसायि समेत रहेका महराले मानविकि संकायमा विए सम्मको अध्ययन पुरा गरेका छन् । अध्यक्षमा ब्यवसायि श्रीधर महराको नाममा सहमति जुटेको छ । चेम्वरभित्रै अधिकांश जसो पदाधिकारी तथा सदस्यहरुले अन्तत् महराको नाममा सहमति जनाएपछि नेतृत्व सर्वसम्मतको वातावरण बनेको थियो ।

SPONSORED

जसको उपाध्यक्षहरु घनश्याम अधिकारी, वलदेव योगि, महासचिव टिकादत्त खनाल(सागर), सचिवमा कुमारराज श्रेष्ठ, कोषाध्यक्षमा विकास अग्रवाल ,सह कोषाध्यक्षमा लक्ष्मि अधिकारी निर्विरोध चयन भएका छन् भने अन्य सदस्यहरुमा रहेका छन् । त्यस्तै चेम्वरको जिल्ला सदस्यहरुमा विनोद पाण्डे, नारायण लामिछाने, मुक्ति खरेल, हरीप्रशाद वन्जाडे, प्रभा वलि, विमला पुन, तिलका केसि, सुशिला पौडेल, लक्ष्मण बुढा, नरबहादुर न्यौपाने निर्विरोध चयन भएका हुन् । चेम्वरका जिल्ला अध्यक्ष दिपक सुवेदिको अध्यक्षतामा जिल्ला अधिवेसनको उद्घाटन समारोह भएको थियो ।

SPONSORED

सो अवसरमा चेम्वरको सर्वसम्मत निर्वाचित कार्य समितिको नामावलि औपचारीकरुपमा निर्वाचन अधिकृत मणिराज आचार्य(मौसम)ले घोषणा गरेका थिए । सो अवसरमा वोल्दै चेम्वरका जिल्ला अध्यक्ष सुवेदिले चेम्वरलाई यहासम्म ल्याउन भुमिका खेल्ने संस्थाका पदाधिकारी तथा सदस्यहरु एव शुभेच्छुक सबैमा धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन निर्वाचन अधिकृत मणिराज आचार्य(मौसम)ले गरेका थिए । साथै चेम्वरको पद हस्तान्तरण कार्यक्रम आउने कार्य समितिको बैठक बसेर मिति तय गरीने नव निर्वाचीत अध्यक्ष श्रीधर महराले बताए ।

SPONSORED