दुई वर्षमा बन्नु पर्ने पुल पाँच वर्ष हुँदा पनि बनेन

दुई वर्षमा बन्नु पर्ने पुल पाँच वर्ष हुँदा पनि बनेन 1

दशरथ घिमिरे

दुरदर्शी नीति नहुँदा जिल्ला बासिन्दाले हरेक वर्षामा सास्ती भोग्नु परिरहेको छ । सडक बन्ने बेलामा पक्की पुल बनेको भए अहिले जस्तो सास्ती भोग्नुपर्ने थिएन । अहिले ति खोलामा पुल बन्न थाले पनि समय भित्र सम्पन्न नहुदा नागरिकले दुःख भोग्नु परेको छ ।

पाँच वर्ष भयो पक्की पुल बन्न थालेको तर, अहिलेसम्म ति पुलको निर्माण कार्य अझै सकिएको छैन । दुई वर्ष भित्र पुल निर्माणको काम सक्नुपर्ने थियो । तर, पाँच वर्ष बितिसक्दा पनि पुल निर्माण सम्पन्न नहुदा वर्षामा निकै सास्ती खेप्नु परेको छ । जिल्लाको घोराही–तुलसीपुर तथा लमही घोराही सडकखण्डमा समयमै पुल बन्न नसक्दा खोलाहरूमा सावरी साधन र नागरिकले बर्सेनि सास्ती पाउने गरेका हुन् ।

SPONSORED

दुई वर्षमा बन्नु पर्ने पुल पाँच वर्ष हुँदा पनि बनेन 2

लमही–घोराही हुँदै तुलसीपुर सडक अन्तर्गत आधा दर्जन खोलामामा पुल निर्माणको काम सुरू भए पनि लामो समयसम्म पुल बन्न नसक्दा वर्षादको समयमा सवारी साधन र पैदल यात्रुहरूले दुःख पाउने गरेका छन् ।

SPONSORED

दुई वर्षमा बन्नु पर्ने पुल पाँच वर्ष हुँदा पनि बनेन 3

घोराही–लमही सडक खण्ड अन्तर्गत बबई नदी, सिस्ने खोला र कटुवा खोलामा पुल निर्माणको काम भइरहेको छ । यस्तै घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत गुज्रे खोला, पत्रे खोला, संक्राम खोला र ग्वार खोलामा पुल निर्माणको काम भइरहेको छ । कुटवा खोलामा पुल निर्माणको काम सम्पन्न भए पनि सल्याव निर्माणमा समस्या रहेको भन्दै ठूला गाडी चलाउन दिइएको छैन ।

SPONSORED

दुई वर्षमा बन्नु पर्ने पुल पाँच वर्ष हुँदा पनि बनेन 4

समयमै पुल निर्माण नहुँदा सवारी साधान चलाउन समस्या परेको छ । विगत तीन वर्षदेखि घोराही–तुलसीपुर सडक खण्डमा बस चलाउँदै आएका उनले वर्षादको समयमा खोलामा भल आउँदा घण्टौँ कुनुपर्ने बाध्यता रहेकोको छ । पिच सडक भत्काइएको र पुल निर्माणको कामले गर्दा खोलामा खाडल भएका कारण गाडी चलाउन झन समस्या परेको छ ।

सेवार खोला र हापुर खोलामा अझं पुल निर्माणको काम भएको छैन । यस वर्ष गुर्जे खोला र संक्राम खोलाको पुल निर्माण सम्पन्न हुने सडक डिभिजन कार्यालयले बताए पनि असार महिना सकिनै लाग्दा समेत सडक निर्माणले पूर्णता पाउन नसक्दा वर्षातको समयमा खोलाहरुमा घण्टौसम्म बस्नुपर्ने बाध्यता रहेको छ ।