२८-असार / बर्षातका कारण विभिन्न जिल्लामा मानबीय क्षति भईरहेको भन्दै दाङमा पनि सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख गोबिन्द रिजालले दाङ पनि बाढि पहिरोकोको जोखिममा रहेको भन्दै सतर्क रहन सबैलाई आग्रह गरे ।

SPONSORED

उनले जिल्लाको उद्दारका लागि समिति सबै स्थानमा परिचालन भएको समेत बताए । साथै खोलाहरुमा पानीको बहाब बढेको भन्दै सवारी नचलाउँन आग्रह गरे । कुनै समस्या परेमा प्रहरी तथा प्रशासनलाई खबर गर्न तथा उद्धारमा सहयोग गर्न सबै नागरिकलाई आग्रह समेत गरेका छन् ।

SPONSORED

उनले उद्दारकालागि २४ घण्टा प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।

SPONSORED

उनले राप्ती ,बबईलगायतका नदी तथा अन्य खहरे खोलाहरुमा आउन सक्ने बाढीबाट कुनै पनि अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलि तयारी अबस्थामा रहेको जानकारी दिए । केही समस्या भए तत्काल १०० नम्बरमा फोन गर्न अथवा नजिकैको प्रहरीलाई जानकारी गराउन समेत आग्रह गरे ।