कटुवाखोला पुल सञ्चालन गर्न आफै खटिए दाङका सिडिओ र एसपि

२०७६ असार २६, बिहीबार २०:५० मा प्रकाशित

काम चलाउ मर्मतपछि सेना र प्रहरीको सहयोगमा पुल सञ्चालनमा

घोराही, २६ असार । बुधवार बेलुका देखी विहिवार दिउँसो सम्म परेको अबिरल बर्षाले दाङमा यातायात सेवालाई प्रभावित बनायो । पुल बन्ने क्रममा रहेका खोलाहरुमा भेलले यातायात सेवालाई असहज बनायो भने यात्रुहरु सास्ती खेपेका छन् ।

घोराही लमही र घोराही तुलसीपुर सडक खण्डमा पर्ने खोलाहरुमा पुल बन्ने क्रममै रहेका कारण कचवे समेत नहुदा आवतजावतमा समस्या भएको हो । ठूला गाडीहरु सञ्चालनमा आए पनि साना सवारीका साधन र पैदलयात्रुहरुले विहिवार बिहानै देखी सास्ती भोगेका छन् ।

SPONSORED

केही खोलाहरुमा पुल निर्माणको अन्तिम चरणमा पुगेपछि यसबर्षको बर्षामा सास्ती नै भोग्ने देखिएको छ । यसैविच घोराहीको कटुवाखोला पुलमा विहिवारबाट गाडी चलेको छ । तर पुलको पूर्ब तर्फको क्षेत्रमा गिट्टी र माटोले फिलिङ गरेका कारण पुल नै जोखिममा परेको छ ।

SPONSORED

बुधवारराती देखी आएको भेल पुल मुनिबाट बग्न नसकेपछि पुलका पूर्बभाग कटान गरेको छ भने आधादर्जन घरहरु डुवानमा परेका थिए । उक्त पुलको पूर्बभाग कटान गरेपछि विहानैदेखी त्यसको मर्मतमा यहाँको स्थानिय प्रहरी प्रशासन जुटेको थियो । कटान गरेको भागमा विहानैदेखी नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी सहित ठेकेदारका कामदारहरुले ग्याविन जाली लगाएका छन् । कामचलाउ मर्मतपछि पुलमा गाडि चलेका छन् । सामान्य मर्मतपछि पुलवाट सिङ्गल गाडिहरु आवतजावत गर्न सहज भएको छ । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले केही महीनादेखी नै पुल निर्माणका लागि ठेकेदारलाई ताकेता गर्दै आएका थिए । उनी आफै नै प्रायजसो कटुवाखोला पुलको अवलोकनमा पुग्ने गर्थे । तर, ठेकेदारले काम सम्पन्न गर्न चासो दिएनन् । लगातारको वर्षाले पुलको केही भाग कटान गरेपछि दिनभरजसो आवागमन सहज भएन् । अहिले  राति अवेरसम्म काम गरेर पुल सञ्चालनमा ल्याईएको प्रजिअ रिजालले बताए ।  पुलको निर्माणको जिम्मा शंकरमालि निर्माण सेवाको तर्फपाट स्थानियरुपमा घोराहीका पदम शर्माले लिएका थिए ।

SPONSORED