दाङ चेम्वर र घोराही चेम्वरविच भयो समायोजन, समायोजनपछि अध्यक्षमा दिपक सुवेदि, उपाध्यक्षमा मञ्जु वज्राचार्य

२०७६ जेष्ठ २८, मंगलवार १५:०२ मा प्रकाशित

घोराही, जेठ २८ । दाङ चेम्वर अफ कमर्श र घोराही चेम्वर अफ कमर्शको समायोजन भएपछि शनिवार पहिलोपटक बसेको छ । चेम्वरका जिल्ला अध्यक्ष दिपक सुवेदिको अध्यक्षता एंव घोराही चेम्वर अफ कमर्शकि अध्यक्ष मञ्जु वज्राचार्यको विशेष उपस्थितीमा बसेको समायोजनपछिको बैठकले यहि असार १४ गते जिल्ला अधिवेसन गर्ने निर्णय गरेको छ ।

SPONSORED

अधिवेसनको तयारीका लागि विभिन्न उप समितिहरु बनाएर अघि बढ्ने निर्णय भएको समायोजनपछिको चेम्वरका जिल्ला सदस्य दुर्लभ केसिले जानकारी दिए ।

SPONSORED

SPONSORED

चेम्वरका केन्द्रिय अध्यक्ष राजेशकाजि श्रेष्ठ, प्रदेश ५ का संयोजक भिमलाल पौडेल, तुलसिपुर नगरका अध्यक्ष टोपबहादुर घर्ति र चेम्वरका पदाधिकारीहरुविच काठमान्डौमा भएको सहमतिवाट घोराही चेम्वर र दाङ चेम्वर आपसमा समायोजन भएका हुन् ।

सहमति बमोजिम घोराही चेम्वरवाट अध्यक्षसहीत ९ सदस्य र दाङ चेम्वरवाट उपाध्यक्ष लगायत १२ सदस्य गरेर २१ सदस्यिय कार्य समिति बनाउने सहमतिपछि दुवै पक्ष समायोजन गरेर टुंगो लगाएका हुन् । दुवै पक्षविच भएको समायोजनको पत्र चेम्वरको केन्द्रिय समितिले लिखितरुपमा चेम्वरको जिल्ला र घोराही कार्यालयलाई पत्राचार गरीसकेको छ ।

समायोजनपछि घोराही चेम्वरकि अध्यक्ष मन्जु वज्राचार्य जिल्ला उपाध्यक्ष भएकि छिन् भने अरु सबै नगरवाट प्रतिनिधित्व गर्ने गरी जिल्ला सदस्य भएका छन् । समायोजनपछि वर्तमान अध्यक्ष दिपक सुवेदि नै चेम्वरको जिल्ला अध्यक्ष भएका छन् । सुवेदिले तोकिएकै मितिमा अधिवेसन गराएर जिल्ला नेतृत्व नयाँ समितिलाई हस्तान्तरण गर्नेछन् । चेम्वरको जिल्ला र नगरविचको केन्द्रिय समितिको रोहवरमा विभिन्न चरणको वार्तावाट सहमतिको वातावरण बनेको थियो ।

समायोजनपछि चेम्वरले गति लिने जिल्ला अध्यक्ष सुवेदीले बताए । समायोजनका निमित्त भुमिका खेल्न चेम्वरकै बहुमत कार्य समितिले अध्यक्ष सुवेदिलाई नै जिम्मेवारी दिएका थिए । सोही जिम्मेवारी वमोजिम विभिन्न पद एकआपसमा लिने गरी सहमति भएको छ । यता, यस विषयमा बुझ्न खोज्दा चेम्वरका जिल्ला कोषाध्यक्ष विकास अग्रवालले सहमतिको वारेमा आफुलाई थाहा नभएको र चेम्वरको जिल्ला समितिले अध्यक्ष दिपक सुवेदिलाई वार्ताको जिम्मा दिने निर्णय भएपनि पटक–पटक वार्ता गर्दा सहमति नभएपछि आफुहरु त्यो वाट ब्याक भइसकेको र कुनै प्रकारको सहमति नभएको दावि गरे ।