राप्ती स्वास्थ्य प्रतिष्ठानको जग्गा प्राप्तीको विषय ः दाङमा साझा मतले टुंगियो, केन्द्रमा पहुँच नपुग्दा क्याविनेटमा फाइल अड्कियो

२०७६ जेष्ठ २७, सोमबार २२:१३ मा प्रकाशित

घोराही, जेठ २७ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा ब्यवस्थापनका लागि सबै प्रकृया पु¥याएर स्वास्थ्य मन्त्रालयवाट मन्त्रिपरीषद पुगेपनि फाइल अड्किएको लामो समय भइसकेको छ । जिल्लामा सरोकारवालाविच छलफल गरेर प्रतिष्ठानको आवश्यक जग्गाका लागि केन्द्रमा पठाएको लामो समय भएपनि त्यो अझै निर्णय हुन सकेको छैन् ।

प्रतिष्ठानले बजेट अभावमा गति लिन नसकिरहेको अवस्थामा प्रतिष्ठानले जनप्रतिनिधि, नागरीक समाज, राजनितिक दल लगायत सरोकारवाला सबैसंग समन्वय गरेर स्वास्थ्य मन्त्रालयमा जग्गाको टुगो लगाउन फाइल पठाएको र मन्त्रालयले पनि आवश्यक प्रकृया अघि बढाएपनि यसले गति पाउन सकेको छैन् । प्रतिष्ठानको जग्गा प्राप्तीको सन्दर्भमा जनप्रतिनिधिको क्षेत्रवाट प्रभावकारी पहल देखीएको छैन् । प्रतिष्ठानले चलाउने शैक्षिक एकेडेमिका लागि झीङ्निमा ३५ विगाहा र नवलपुरमा करीव १४ विगाहा जग्गाको यहावाट निर्णय गरेर पठाएपनि राजनितिक पहुँच नहुदा अहिले जग्गा प्राप्तीको विषय टुंगोमा पुग्न नसकेको हो । साविक राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानमा गाभिएपछि प्रतिष्ठानले सोही अस्पताललाई ३ सय वेड बनाउन यस अघि पनि पटक–पटक फाइल पेश भइसकेको र अहिले प्रतिष्ठानले पनि फाइल पुन पेश गरीसकेको भएपनि निर्णय अझै हुन सकेको छैन् । तिन सय वेडको हस्पिटलकारुपमा स्विकृत नगरेर अन्य प्रकृया अघि बढाउन नमिल्ने कानुनि प्राब्धान छ । तर, यो राजनितिक निर्णय नहुदा बजेट अभावमा थलिएको प्रतिष्ठान झनै अप्ठ्यारोमा परेको छ ।

SPONSORED

प्रतिष्ठानले पनि जग्गा प्राप्तीको वारेमा राजनितिकरुपमा पहल गरीदिन र जनप्रतिनिधिले यसको नेतृत्व गर्नुपर्ने बताएको छ । साविक उपक्षेत्रीय अस्पताल रहेको करीव सात विगाहा जग्गामा बजेट आएमा अत्याधुनिक अस्पताल बनाउन सकिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानकि उपकुलपति प्राडा संगिता भण्डारीले प्रतिष्ठानले गर्न सक्ने सबै प्रकृया पु¥याएर आफुभन्दा माथिल्लो निकायमा फाइल पठाइसकीएको बताइन् । उनले बजेट आएमा आफुहरु दाङको स्वास्थ्य क्षेत्रलाई माथि उठाउन भुमिका खेल्ने बताइन् । उनले सबै कुराको ब्यवस्थापन भएमा आफ्नो पालामा दाङको स्वास्थ्य क्षेत्रलाई माथि उठाउन र मुलुककै नमुना प्रतिष्ठान बनाउन आफु थप लागिपर्ने उल्लेख गरीन् । उनले प्रतिष्ठान दाङको साझा सम्पत्ति भएकाले यस वारेमा साझा मत बनाएर आ–आफ्नो क्षेत्रवाट पहल गर्नुपर्ने पनि बताइन् । उनले तिन सय वेडको हस्पिटल बनाउन यसअघि पनि फाइल पेश भइसकेको र आफुले पनी पहल गरेर मन्त्रलायमा पुन फाइल पेश भइसकेको जानकारी दिदै आफ्नो क्षेत्रवाट गर्नुपर्ने कुरामा प्रतिष्ठानले कुनै कसर वाँकि नराखेको पनि बताइन् । यता, यस वारेमा नागरीक समाज दाङका संयोजक चन्द्रराज पन्तले प्रतिष्ठानलाई जग्गा दिने विषयमा जिल्लास्तरवाट सबै साझा निर्णय गरेर पठाईएकाले अव राजनिति पहुँच पु¥याएर त्यो काम जनप्रतिनिधिले गर्नुपर्ने बताए । उनले अव प्रतिष्ठानलाई बजेटसहीतको राजनितिक पहुँच आवश्यक रहेको भन्दै प्रतिष्ठानलाई पर्याप्त बजेट दिएर प्रतिष्ठानलाई सफल बनाउन भुमिका खेल्नुपर्ने बताए । बजेट अभावमा प्रतिष्ठान रहेको भन्दै दाङका पावरफुल मानिने नेताहरु नै केन्द्रको राजनितिक पहुँचमा रहेको वेला प्रतिष्ठानले बजेट पाएन भनेर गुनासो गर्ने वातावरण नै नआउने बनाउनुपर्नेमा यस्तो कुरा आउनु आफैमा दुखद पक्ष भएको भन्दै सबै मिलेर प्रतिष्ठान बनाउने कुरामा ध्यान दिनुपर्ने उनले बताए ।

त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समितिका संयोजक तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले पनी प्रतिष्ठानको जग्गा प्राप्तीको प्रकृया जिल्लावाट टुंगिने साझा मतका साथ समाधान भइसकेको भएता पनि केन्द्रमा लविङ र पहुँच पुग्न नसकेको बताए । उनले यसअघि पनि प्रतिष्ठानले बजेट नपाएको विषयमा सार्वजनिकरुपमा धारणा राख्दै बजेटको ब्यवस्था नहुनु दुखद पक्ष भएको बताएका थिए । उनले अव प्रतिष्ठानको सन्दर्भमा जिल्लावाट भन्दा पनि केन्द्रवाट चाहेजस्तो पहल हुन नसकेको र जनप्रतिनिधिले यसको अगुवाई गरेर जानुपर्ने र जनताको विचमा देखीने गरी पहल गर्नुपर्नेसमेत बताए । उनले वन मन्त्रालयवाट अहिले प्रतिष्ठानको जग्गा प्राप्तीका लागि इआइए गर्ने काम सुरु भएको भएपनि त्यति राम्रोसंग पहल नभएको पनि बताए ।

SPONSORED