बजेट परेन भनेर सभामुख र मुख्यमन्त्रि विरुद्ध गलत प्रचार गरीयो–शंकर पोख्रेल(भिडियोसहीत)

बजेट परेन भनेर सभामुख र मुख्यमन्त्रि विरुद्ध गलत प्रचार गरीयो–शंकर पोख्रेल(भिडियोसहीत) 1

बजेट परेन भनेर सभामुख र मुख्यमन्त्रि विरुद्ध गलत प्रचार गरीयो–शंकर पोख्रेल(भिडियोसहीत) 2‘राप्ती स्वास्थ्य प्रतिष्ठान स्वायत्त संस्था हो, जग्गा टुंगो लगाएपछि बजेट दिन्छौ’, ठेकेदारलाई कार्वाही गर्न मुख्यमन्त्री पोख्रेलको सिडिओलाई निर्देशन

SPONSORED

बजेट परेन भनेर सभामुख र मुख्यमन्त्रि विरुद्ध गलत प्रचार गरीयो–शंकर पोख्रेल(भिडियोसहीत) 3

प्रदेश ५ का मुख्यमन्त्रि शंकर पोख्रेलले घोराही आएर भने–बजेट परेन भनेर पुर्वाग्रही भएर गलत प्रचार गरीयो

SPONSORED

बजेट परेन भनेर सभामुख र मुख्यमन्त्रि विरुद्ध गलत प्रचार गरीयो–शंकर पोख्रेल(भिडियोसहीत) 4

Posted by Daju Nishan Bhattarai on Saturday, June 8, 2019

SPONSORED

बजेट परेन भनेर सभामुख र मुख्यमन्त्रि विरुद्ध गलत प्रचार गरीयो–शंकर पोख्रेल(भिडियोसहीत) 5

 

घोराही
२५ जेठ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले सभामुख र आफ्नो विरुद्ध बजेट पनिर्धारीत समयमा पुल तथा सडकको काम नगर्ने निर्माण व्यवसायीलाई कार्वाही गर्न दाङका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन ।

बजेट परेन भनेर सभामुख र मुख्यमन्त्रि विरुद्ध गलत प्रचार गरीयो–शंकर पोख्रेल(भिडियोसहीत) 6जिल्ला समन्वय समितिको तेस्रो जिल्ला सभालाई आज सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले म्याद थपेर पनि काम नगर्ने अनि मुख्यमन्त्री र सभामुखले दोष खेप्नु परेको भन्दै ठेकेदारलाई तत्काल कार्वाही प्रकृया थाल्न प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई निर्देशन दिएका हुन ।

कार्यक्रममा सहभागि प्रमुख जिल्ला अधिकारी रिजाललाई मुख्यमन्त्री पोख्रेलले आगामी बर्षामा जनताले दुःख पाउन नहुने भन्दै कसैको कुरा नसुनेर ढिलाई गर्ने ठेकेदार माथी तत्काल कार्वाही गर्न निर्देशन दिए ।

मुख्यमन्त्री पोख्रेलले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान सबैको प्रतिष्ठाको संस्था भएको उल्लेख गरे । आफ्नै आम्दानीले चल्ने गरी प्रतिष्ठानको ऐन बनाउने अनि सरकारले पैसा दिएन भनेर नेतालाई गाली गर्नु उचित नभएको टिप्पणि गरे ।

प्रतिष्ठानको पुर्वाधारको लागि आफु सकारात्मक रहेको भन्दै पुर्वाधार र जग्गाको टुंगो लागेपछि प्रतिष्ठानलाई बजेट दिइने उनले बताए । उनले एकेडेमीको कामका लागि जग्गा समेत टुंगो लाग्न नसक्दा सरकारले बजेट सुनिश्चित नगरेको जानकारी दिए । प्रतिष्ठानलाई ३ सय बेडको हस्पिटल बनाउन प्रकृयागत कामको सुरुवात भए बजेटको कुनै कमि नहुने उनको भनाई छ ।

मुख्यमन्त्री पोख्रेलले दाङको विकास भएन भनेर अतिरन्जीत प्रचार गरिएको प्रति असन्तुष्टि जनाए । जिल्ला भित्र र जिल्ला देखी बाहिरी जिल्ला जोड्ने ठूला सडकहरु बनिरहेको, खेलकुद, सार्वजनिक भवन, खानेपानी, विद्युतमा ठूलो लगानी भएको भन्दै ति कामको खोजी गर्न आग्रह गरे ।

साथै उनले जिल्ला समन्वय समिति दाङले प्रत्येक पालिकालाई दिएको ३ करोडको बजेटलाई वडा कार्यालय व्यवस्थित गर्न खर्च गर्न आग्रह गरे । जिल्लाको एकीकृत विकासका लागि समन्वयात्मक भुमिकामा पालिका र जिल्ला समन्वय समिति अघि बढ्नु पर्नेमा उनले जोड दिए । उनले दाङमा तुलसिपुरको टरीगाँउ विमानस्थल स्त्तरोन्नती र नारायणपुरमा बनाउने भनिएको अन्तराष्ट्रिय विमानस्थलको प्रकृया तिव्ररुपमा अघि बढेको बताए ।