सुन चोरीको मुद्धामा फरार रहेका शाक्य गहना पसल घोराहीका सञ्चालक वावु छोरा धरौटिमा छुटे

२०७६ जेष्ठ १७, शुक्रबार २०:४८ मा प्रकाशित

घोराही, जेठ १६ ।  घोराहीमा विभिन्न ब्यक्तिको सुन चोरी गर्ने र चोरीको सुन किन्ने गहना पसल सञ्चालक विरुद्ध दायर गरीएको मुद्धामा फरार रहेका घोराही १५ न्यु रोडस्थित शाक्य गहना पसलका सञ्चालक वावु छोरा धरौटिमा छुटेका छन् ।

SPONSORED

चोरीको सुन किनेको अभियोगमा प्रहरीले पक्राउ गर्न खोजेपछि शाक्य गहना पसलका सञ्चालक हेमराज शाक्य र सुवास शाक्य घोराहीवाट फरार भएका थिए । प्रहरीले अदालतमा मुद्धा बुझाएको लामो समयपछि ठुलो मात्रामा चोरीको सुन किन्नेको आरोपमा फरार वावु छोरा सोझै अदालतमा हाजिर भएका हुन् ।

जेठ १३ गते अदालतमा हाजिर भएर उनिहरु धरौटिमा छुटेका हुन् । सुन चोरीको आरोप लागेका अन्य गहना पसलका सञ्चालकहरु प्रहस् हिरासतमा बसे भने शाक्यका वावु छोरा अदालतको पक्राउ पुर्जिपछि फरार रहे । शाक्यका वावु छोरा विरुद्ध सुन चोरीको आरोपमा चारवाट मुद्धा अदालतमा चलेको थियो ।

प्रत्येक मुद्धामा प्रति ब्यक्ति एक लाख ६० हजारका दरले धरौटि रकम बुझाएर सोही दिन छुटेको थिए । जिल्ला न्यायधिश इश्वरीप्रशाद गौतमको इजलाशले मुद्धाको सुनुवाइकोक्रममा धरौटिमा छाड्न आदेश दिएको थियो ।

SPONSORED

घोराही उप–महानगरपालिका वडा नं १५ बस्ने हिमा रावतको जाहेरीको आधारमा यस अगाडि घोराहीको ट्राफिक चोक नजिक पुल्चोक बस्ने सद्दाम हुसेन दाङ देउखुरी जिल्ला अदालतले पुर्पक्षमा कारागार चलान गरेको छ भने सो घटनामा संलग्न खिमबहादुर घर्तिले धरौटि रकम तिर्न नसक्दा कारागार गएका छन् । अ

घोराही उप–महानगरपालिका वडा नं १५ बस्ने हिमा रावतको जाहेरीको आधारमा यस अगाडि घोराहीको ट्राफिक चोक नजिक पुल्चोक बस्ने सद्दाम हुसेन दाङ देउखुरी जिल्ला अदालतले पुर्पक्षमा कारागार चलान गरेको छ भने सो घटनामा संलग्न खिमबहादुर घर्तिले धरौटि रकम तिर्न नसक्दा कारागार गएका छन् । अदालतले घटनामा संलग्न २ जनालाई प्रतिब्यक्ती १ लाख २० हजारका दरले धरौटि तोकेको थियो भने अन्य ४ जनालाई १ लाख ६० हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।

तारीखमा जिप्रका दाङमा रहेका शाक्य गहना पसलका सञ्चालक अदालतवाट पक्राउ पुर्जि जारी गरेको सुचना पाएपछि फरार रहे । मुद्धा चल्नु भन्दा अगाडि जिप्रका दाङमा तारीखमा उनिहरुलाई प्रहरीले राखेको थियो ।

दुवैलाई पक्राउ गर्न पक्राउ पुर्जि जारी भइसकेको अवस्थामा उनिहरु फरार रहेपनि अन्य चोरीको घटनामा संलग्न साना ब्यवसायिहरु हिरासतमा बसे । सुन ब्यवसायिहरुले घोराहीमा विरोध ¥यालि गरेर नै चोरीको सुन किनेको विषयमा ठुलो परीमाणमा वरामद गरेको शाक्य गहना सञ्चालक पहुँचका आधारमा पक्राउ नगरीएको गुनासो गरेका थिए ।

सुरुमा  रावतको जाहेरीको आधारमा घोराहीको ट्राफिक चोक नजिक पुल्चोक बस्ने सद्दाम हुसेनलाई प्रंहरीले नियन्त्रण लिएर अनुसन्धान अघि बढाएको थियो ।

प्रहरीले हुसेनमाथि खोज तलास गर्दै जाँदा ट्राफिक चोकमा संकास्पद तरिकाले हिडिराखेको अवस्थामा फेला पारी उनको शरिर रितपुर्वक खान तलासी गर्नेक्रममा ५० रुपैयाँ दरका १० थान, १०० रुपैँया दरका ४ थान एनसेलको रिचार्ज कार्ड र एघार हजार नगद सहित घोराहीको साक्य गहना पसलबाट १ तोला ४०० ग्राम गलाएको सुन, सुनको सिक्री १ थान, सुनको औठी १ थान, १ थान स्यामसुङ कम्पनिको मोबाईल, १ थान ट्याव मोबाईल सहित चोरीका सामान पक्राउ तथा वरामद गरेको दाङका प्रहरी प्रमुख एसपि वेल पाण्डेले बताए ।

सुन चोर्ने र चोरीको सुन किनेको आरोपमा राधिका सुन चादि पसलका सञ्चालक ७४ वर्षिय लाल विश्वकर्मा, न्यु पाल्पा भैरव सुनचाँदी पसलका सञ्चालक ४५ बर्षिय पुनलाल गहतराज, न्यु दिपिका सुनचाँदि पसलका सञ्चालक ३१ वर्षिय गोमान सिँह सुनार पक्राउ परेका थिए ।