सुन चोर र चोरीको सुन किन्ने कारागार चलान, शाक्यका वावु छोरा अदालतमा पनि उपस्थित भएनन्

२०७६ जेष्ठ ६, सोमबार २२:४१ मा प्रकाशित

घोराही, बैशाख ६ । घोराहीमा विभिन्न ब्यक्तिको सुन चोरी गर्ने र चोरीको सुन किन्ने गहना पसल सञ्चालक विरुद्ध दायर गरीएको मुद्धामा दुई जना कारागार चलान भएका छन् ।

सुन चोरी गर्ने घोराही उप–महानगरपालिका वडा नं १५ बस्ने हिमा रावतको जाहेरीको आधारमा घोराहीको ट्राफिक चोक नजिक पुल्चोक बस्ने सद्दाम हुसेन दाङ देउखुरी जिल्ला अदालतले पुर्पक्षमा कारागार चलान गरेको छ भने सो घटनामा संलग्न खिमबहादुर घर्तिले धरौटि रकम तिर्न नसक्दा कारागार गएका छन् । अदालतले घटनामा संलग्न २ जनालाई प्रतिब्यक्ती १ लाख २० हजारका दरले धरौटि तोकेको थियो भने अन्य ४ जनालाई १ लाख ६० हजार रुपैयाँ धरौटीमा छुटेका छन् । यद्यपि, ठुलो मात्रामा चोरीको सुन किन्ने घोराही न्युरोडस्थित शाक्य गहना पसलका सञ्चालकद्वय वावु हेमराज शाक्य र उनका छोरा सुवास शाक्य मुद्धा अदालतमा पेश भएपनि अझैसम्म अदालतमा उपस्थित भएका छैनन् । तारीखमा जिप्रका दाङमा रहेका शाक्य गहना पसलका सञ्चालक अदालतवाट पक्राउ पुर्जि जारी गरेको सुचना पाएपछि फरार रहे । मुद्धा चल्नु भन्दा अगाडि जिप्रका दाङमा तारीखमा उनिहरुलाई प्रहरीले राखेको थियो । मुद्धा पेश गर्दा जिल्ला प्रहरी कार्यालय दाङले वावु छोरालाई फरार रहेको पठाएको थियो ।
दुवैलाई पक्राउ गर्न पक्राउ पुर्जि जारी भइसकेको अवस्थामा उनिहरु फरार रहेपनि अन्य चोरीको घटनामा संलग्न साना ब्यवसायिहरु हिरासतमा बसे । सुन ब्यवसायिहरुले घोराहीमा विरोध ¥यालि गरेर नै चोरीको सुन किनेको विषयमा ठुलो परीमाणमा वरामद गरेको शाक्य गहना सञ्चालक पहुँचका आधारमा पक्राउ नगरीएको गुनासो गरेका थिए ।

SPONSORED

सुरुमा घोराही उप–महानगरपालिका वडा नं १५ बस्ने हिमा रावतको जाहेरीको आधारमा घोराहीको ट्राफिक चोक नजिक पुल्चोक बस्ने सद्दाम हुसेनलाई प्रंहरीले नियन्त्रण लिएर अनुसन्धान अघि बढाएको थियो ।

SPONSORED

प्रहरीले हुसेनमाथि खोज तलास गर्दै जाँदा ट्राफिक चोकमा संकास्पद तरिकाले हिडिराखेको अवस्थामा फेला पारी उनको शरिर रितपुर्वक खान तलासी गर्नेक्रममा ५० रुपैयाँ दरका १० थान, १०० रुपैँया दरका ४ थान एनसेलको रिचार्ज कार्ड र एघार हजार नगद सहित घोराहीको साक्य गहना पसलबाट १ तोला ४०० ग्राम गलाएको सुन, सुनको सिक्री १ थान, सुनको औठी १ थान, १ थान स्यामसुङ कम्पनिको मोबाईल, १ थान ट्याव मोबाईल सहित चोरीका सामान पक्राउ तथा वरामद गरेको दाङका प्रहरी प्रमुख एसपि वेल पाण्डेले बताए ।

SPONSORED

सुन चोर्ने र चोरीको सुन किनेको आरोपमा राधिका सुन चादि पसलका सञ्चालक ७४ वर्षिय लाल विश्वकर्मा, न्यु पाल्पा भैरव सुनचाँदी पसलका सञ्चालक ४५ बर्षिय पुनलाल गहतराज, न्यु दिपिका सुनचाँदि पसलका सञ्चालक ३१ वर्षिय गोमान सिँह सुनार पक्राउ परेका थिए ।