प्रदेश–५ का १२ जिल्लामा टुंगियो नेकपाको पार्टी एकता, दाङ पहीलो सपथ ग्रहण हुने जिल्लामा

२०७६ जेष्ठ १, बुधबार २२:५२ मा प्रकाशित

कार्यकर्ता र जनप्रतिनिधीलाई मुख्यमन्त्रि पोख्रेलले भने–खुलेर प्रसंसा गर्नुहोस, आलोचना भए कमिटिमा राख्नुहोस, विस्तारै र फुर्सदमा गरौला भन्ने समय छैन, तिनवर्षभित्र काम गरेर देखाउने हो’

दाङ– प्रदेश–५ का मुख्यमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश–५ का इञ्चार्ज शंकर पोखरेलले नेकपा दाङ जिल्लाका पदाधिकारी तथा सदस्यहरुलाइ सपथग्रहण गराएका छन्।

केन्द्रमा पार्टी एकता भएपनि जिल्ला तथा स्थानीय तहमा एकता विस्तारै टुंगिन थालेको छ। पार्टीको एकता भएको झण्डै एक वर्षपछि जिल्ला तहको एकता टुंगिएको हो।

SPONSORED

नेकपा दाङका १५५ सदस्यलाई सपथग्रहण गराइएको हो। पूर्व एमालेबाट ८५ र पूर्व माओवादीबाट ७० गरि १५५ सदस्यलाई सपथ ग्रहण गराइएको हो।

नेकपा प्रदेश कमिटीको वैशाख २८ गते बसेको पूर्ण बैठकले प्रदेशका १२ जिल्लामा एकता टुंग्याउने निर्णय गरेको थियो। प्रदेशका १२ जिल्ला मध्ये दाङमा पहिलो पटक सपथग्रहण गराइएको हो।

सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश ५ का मुख्यमन्त्री समेत रहेका पोखरेलले पार्टी एकता लामो समयसम्म सरकार चलाउने उदेश्य मात्रै नभएको भन्दै समाजलाई बदल्ने मुख्य उदेश्य रहेको बताए।

SPONSORED

‘बलियो पार्टी र स्थिर सरकारको माध्यमबाट जनताको जीवनस्तरमा परिवर्तन ल्याउने हो’, उनले भने, ‘अबको लडाईँ राष्ट्रको गरिबि, पछौटेपनलाई पराजित गर्नु रहेको छ।’ उनले समाजवादको आधार तयार गर्ने यो उपयुक्त समय भएको भन्दै काम गरेर देखाउन सबै जनप्रतिनिधिलाई आग्रह गरे । उनले विस्तारै र फुर्सदमा काम गरौला भनेर भन्ने समय नरहेको भन्दै अवको तिन वर्षभित्र काम गरेर देखाउनुपर्ने पनि बताए । उनले पार्टिका गतिविधि र नेताले गरेका राम्रा कामको सबैले खुलेर प्रसंसा गर्नुपर्ने भन्दै आलोचना भए मातहतको कमिटिमा राखेमा पार्टि र नेता दुवै वलियो हुने बताए ।