सभामुख र मुख्यमन्त्रिले चुनावमा जादु गरेर सडक र पुल वनिहाल्छ भन्नुहुन्थ्यो, तर, कामको गति हेर्दा पुरानै अवस्था छ–राजु खनाल

२०७६ बैशाख ३१, मंगलवार १५:१५ मा प्रकाशित

घोराही, बैशाख ३१ । पुर्व संविधान सभा सदस्य राजु खनालले दाङको विकासमा सभामुख र मुख्यमन्त्रिको कुनै योगदान नरहेको बताएका छन् । उनले जागरण अनलाइनसंगको कुराकानिमा जनताले सभामुख कृष्णबहादुर महरा र मुख्यमन्त्रि शंकर पोख्रेलवाट धेरै अपेक्षा गरेपनि अपेक्षा अनुसारको काम नभएको तर्क गरे ।

आफु चुनाव लड्दा महरा मन्त्रि र पोख्रेल मुख्यमन्त्रि बन्ने प्रचार गरेर चुनाव जितेको स्मरण गर्दै उनले सभामुख भइसकेपछि महरा र मुख्यमन्त्रि भइसकेपछि पोख्रेलले जिल्लाको विकासमा सोचेअनुरुप योजनाको खाका नल्याएको पनि आरोप लगाए । उनले चुनावको वेलामा प्रदेश ५ को राजधानि दाङ बनाउने भनेर आफु र तत्कालिन नेकपाकोतर्फवाट महरा र पोख्रेलले एजेण्डा लिएपनि आफु चुनाव हारेर पनि उक्त एजेण्डावाट दाँया वाँया नगरेको र चुनाव जित्नु भएका महरा र पोख्रेललाई स्थायि राजधानि बनाउने जिम्मेवारीसहीतको दायित्व जनताले दिएको पनि खनालले स्मरण गराए ।

SPONSORED

उनले अहिले पनी घोराहीका सडक र पुल पुलेसाको दुर्दशा पहिलेको जस्तै रहेको भन्दै आफुले जितेमा सबै जादु गरे जसरी सडक र पुलपुलेसा बन्ने भनेर चुनावमा प्रचार गरेर चुनाव जितेपनि अहिलेसम्म सडक, पुलको निर्माणको गति ढिला रहेको पनि बताए । उनले घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बजेट रोकेर सत्तारुढ दलका नेताहरुले असफल बनाउन विगतदेखी गर्दै आएको भन्दै त्यो कुरा जनताले बुझीसकेको र फेरी पनि आउदो बजेटमा प्रतिष्ठानलाई नदिएर अप्ठ्यारो पारेमा काग्रेसलाई सह्रय नहुने पनि चेतावानि दिए । उनले अन्तराष्ट्रिय विमानस्थलको कुरा पनि कुरामै सिमित हुने सम्भावना रहेको पनि बताए । उनले विगतमा आफुले सुरु गरेका योजनाहरुको अहिले निर्माण सम्पन्न भइसकेको र अव सत्तारुढ पार्टिका नेताहरुले उद्घाटन मात्रै गर्ने वाहेक अरु कुनै नयाँ योजना नरहेको बताए ।