दाङ उवासंघको साधारण सभामा विधान संसोधन मात्रै स्थगित भएको हो, साधारण सभा सम्पन्न भइसक्यो–अध्यक्ष भुसाल

२०७५ चैत्र ३०, शनिबार १८:३३ मा प्रकाशित

भुसालले थपे–स्थानिय तह र प्यानमा दर्ता भएका सबैलाई संघको सदस्यता दिनुपर्ने मध्यमार्गि वाटो ठिक हो, विधान संसोधन नभएपनि पुरानो विधान स्वतह क्रीयाशिल हुन्छ’

घोराही, चैत ३० । दाङ जिल्ला उद्योग वाणिज्य संघको अधिवेसन आउन झन्डै एक वर्ष वाँकि रहेको छ ।तर, ब्यवसायिहरुको नेतृत्वको विचमा भने चुनाविको झल्को दिने गरी रस्साकस्सी सुरु भइसकेको छ । चुनावि रणनितिकै रुपमा संघको नेतृत्व गर्ने ब्यवसायिहरु नै अहिले दन्तवझानमा उत्रिएका छन् ।

स्थानिय तहमा दर्ता भएका ब्यवसायिहरुलाई संघको सदस्य दिने वा प्यानमा दर्ता भएका ब्यवसायिलाई संघको सदस्यता दिनृ विषयमा संघको नेतृत्वको विचमा अहिले विवादको मुल चुरोकोरुपमा आएको छ । प्रजातान्त्रिक उद्यमि ब्यवसायि संघका ब्यवसायिहरुले प्यान लिएका ब्यवसायिहरुलाई मात्रै संघको सदस्यता दिनुपर्ने अडान लिएका छन् भने प्रगतिशिल ब्यवसायिहरु स्थानिय तहमा दर्ता भएका ब्यवसायिहरुलाई पनि संघको सदस्यता दिएर साना ब्यवसायिहरुलाई संगठित गर्नुपर्ने पक्षमा आवाज उठाउदै आएका छन् । वामपन्थि निकट संघका अध्यक्ष नारायण भुसालसहीत केही सदस्यहरु स्थानिय तहमा दर्ता भएका ब्यवसायिहरुलाई संघको सदस्य दिएर साना ब्यवसायिहरुलाई संरक्षण गरेर अभिभावकत्व ग्रहण गर्नुपर्ने कुरालाई जोडतोडका साथ उठाउदै आएका छन् । तर, प्रजातान्त्रिक ब्यवसायिहरुले पनि राष्ट्रलाई राजश्व नै नतिर्ने ब्यवसायि हुन नसक्ने भन्दै प्यानमा नै दर्ता भएका ब्यवसायिहरुलाई मात्रै संघको सदस्यता दिनुपर्ने चर्कोरुपमा आवाज उठाउदै आएका छन् । यद्यपि, संघले आफै पुर्व अध्यक्ष चन्द्रराज पन्तको संयोजकत्वमा गठन गरेको विधान संसोधन समितिले पनि प्यान लिएकाहरुलाई मात्रै संघको सदस्यता दिनुपर्ने प्रस्ताव गरीसकेको छ ।

SPONSORED

तर, यो विषयमा कार्य समितिले पुर्णरुपमा पास गरेर साधारण सभामा पठाएपनि साधारण सभामा ब्यवसायिहरुविच ऐक्यवद्धता नभएपछी त्यो विषय साधारण सभाले टुंगो लगाउन सकेन् । काग्रेस निकट प्रजातान्त्रिक ब्यवसायिहरुले साधारण सभा सम्पन्न नभई स्थगित भएको बताइरहेका छन् भने संघका अध्यक्ष भुसालसहीत वामपन्थि ब्यवसायिहरुले विधान संसोधन वाहेक सबै कुरा पास भएर साधारण सभा भब्यरुपमा सम्पन्न भइसकेको तर्क गर्दै आएका छन् । ब्यवसायिहरुको विचमा विधान संसोधनको कुरामा एक मत नआएपछि यो विषय तत्काललाई स्थगित गरीएको र साधारण सभा भब्यरुपमा सम्पन्न भएको संघका अध्यक्ष भुसालले बताएका छन् । विधान संसोधनको कुरा साधारण सभाले टुंगो नलगाएकाले यो विषय साधारण सभामा स्थगित भएको र अरु कुरा सबै पास भएर सधारण सभा सकिएको बताए । उनले विधान संसोधनको कुरा साधारण सभाले नटुङ्ग्याएपछि यसलाइृ छलफलवाट टुंगो लगाउने गरी आफुले नोट अफ डिसेन्ट लेखेको तर, विशेष साधारण सभा वोलाएर टुंगो लगाउने कुरा भएको आफुलाइ थाहा नभएको पनि स्पष्ट पारे । उनले साना ब्यवसायिहरुलाई संरक्षण गर्नका लागि स्थानिय तहमा दर्ता भएका ब्यवसायिहरुलाई संघको सदस्यता दिनुपर्ने कुरामा आफु रहेको बताए । उनले विधान संसोधनको कुरा पास नभएकाले यो सन्दर्भमा पुरानै संघको विधान लागु हुने पनि बताए । ‘विधान संसोधन भएन, विधान संसोधन भएको भए, नयाँ संसोधित विधान लागु हुन्थ्यो, अहिले विधान संसोधन नभएको अवस्थामा पुरानै संघको विधान लागु हुन्छ, यो कानुन सम्मत कुरा पनि हो–अध्यक्ष भुसालले स्पष्ट पार्दै भने । उनले स्थानिय तह वा प्यानमा दर्ता भएका दुवैलाई संघको सदस्यता दिने प्रस्ताव ल्याएर मध्यमार्गि वाटो खोजेर यो समस्यालाई हल गर्नुपर्ने प्रस्ताव ल्याएका छन् ।

SPONSORED

सबै ब्यवसायिहरुको पक्षमा रहेकाले सानादेखी ठुला ब्यवसायिहरु संरक्षण, प्रवद्र्धन गर्ने आफुहरुको दायित्व रहेको भन्दै ब्यवसायिहरुविच स–साना कुराहरुलाई लिएर अनावश्यक विवाद सिर्जना नगर्न पनि ब्यवसायिको नेतृत्वलाई आग्रह गरे । चुनावि रणनिति बनाएर दुवै पक्ष जान नहुने र संस्थाको हितका लागि स्थानिय तह र प्यानमा दर्ता भएका ब्यवसायिहरुलाई संघको सदस्यता दिने कुरा नै उत्तम हुने पनि उनले बताए । यो मध्यमार्गि वाटो अपनाएमा संघको पछिल्लो विधान संसोधनको समस्या हल हुने भन्दै यसलाई निहित ब्यक्तीहरुले आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्न खोजे समस्या थप वल्झने बताउदै उनले यसको निकास सही समयमा निकाल्नुपर्ने र सबै सहमतिमा आएमा निकास निकाल्न धेरै गाह्रो नभएको पनि बताए । उनले आ–आफ्नो अडानमा बसे समस्याको समाधान नहुने भन्खै समस्या उव्जाउनु मात्रै ठुलो कुरा नरहेको भन्दै उव्जिएको समस्या समाधाान गर्ने कुरा नै महत्वपुर्ण हुने पनि बताए । उनले वाहीर आएजस्तो कुनै पनि ब्यवसायिहरुलाई कारवाही नगरीएको भन्दै संघको कार्य समितिको निर्णयानुसार र केन्द्रिय उद्योग वाणिज्य महासंघको परीपत्र अनुसार केही ब्यवसायिहरुको सदस्यता हाललाई नविकरण नगने निर्णय भएको मात्र बताए । उनले निश्चित ब्यवसायिहरुले आफु निकट ब्यवसायिहरुको सेन्टिमेन्ट खिच्नका लागि सदस्यता नविकरणको विषयलाई अनावश्यकरुपमा अध्यक्षले नै गर्न खोजेको जसरी प्रस्तुत गर्न खोज्नु यो राम्रो कुरा नभएको पनि बताए । उनले सदस्यता नविरकण नगर्ने निर्णय वारे थप प्रष्ट्याउदै भने–केही साथिहरु नियोजितरुपमा सुरु देखी नै कारवाही गर्नुपर्ने शब्द राख्नु भएको थियो, मैले त्यतिकै हचुवाको भरमा निर्णय गर्नुहुदैन भनेर रोकेको हो, अहिले चुनावमा केही ब्यवसायिहरु मत तान्न सकिन्छ कि भनेर अध्यक्षले निर्णय गरेकोे भनेर प्रचार गर्नुले सबै कुार छर्लङ्ग भएको र यो विषयमा आम ब्यवसायिहरुले कुरा पनि बुझीसक्नु भएको छ, मैले नै केन्द्रीय महासंघमा बुझौ के छ, त्यहावाट जे पत्र आउला त्यसपछि गरौला भनेर केही समय रोके, तर, कार्य समितिका अधिकांश जसरी पनी कारवाही गर्नुपर्ने भन्दै आउनु भयो, त्यो सदस्यता नविकरण नगर्ने निर्णय गर्दा पनि विहान ११ बजेदेखी सुरु भएको बैठक वेलुकि ५ बजेसम्म चलेको थियो, तर, म सुरुदेखी नै कारवाही गर्नुपर्ने पक्षमा थिएन, एउटा समुह नियोजितरुपमा नै एकतर्फीरुपमा कारवाही गर्नुपर्छ भन्नेमा लागे, केन्द्रीय महासंघको परीपत्रमा पनि सात दिने स्पष्टिकरण सोध्ने र अनि त्यसपछि आवश्यक निर्णय लिएर कारवाही गर्नु भन्ने थियो, तर, मैले नै हो बुद्धिमतापुर्ण तरीकाले हाललाई सदस्यता नविकरण नगर्ने निर्णय गर्न भनेको, अर्को समुह यो निर्णयमा चित्त बुझाइरहेको थिएन, उनिहरु कारवाही नै शब्द राख्न चाहन्थे, खासगरी ब्यक्तिगत पदिय आकाङ्क्षा अनुसार यि सबै कुराहरु आइरहेका छन् ।’

SPONSORED

उनले आफुहरु वाहेकको अर्को  संघभित्रको समुहले सुरु देखी नै कारवाही गर्नुपर्ने भन्दै आएको र आफुले पटक–पटक रोक्न खोज्दा पनि नमानेको कारण पछि त्यो निर्णय भएको पनि बताए । ब्यक्तिगत र पदिय कारण नै कारवाही गर्न खोजीएको जस्तो अहिले देखीएको र हिजो कारवाही गर्न प्रस्ताव लिनुका साथै निर्णय गर्ने पक्षले अहिले एकोहोरो आफु माथी अध्यक्षले नै निर्णय गर्न लगाएको जसरी प्रस्तुत गर्नु राम्रो कुरा नभएको पनि उनले तर्क गरे । उनले आफुमाथि गर्दै नगरेको गलत कुराहरु वारे एकोहोरो भन्दै गएमा यस वारेमा विस्तृत कुराहरु वाहीर ल्याउनेसमेत तर्क गरे । एकले अर्कालाई रोक्नका लागि प्रस्ताव लिएर सदस्यता नविरकण नगर्ने निर्णयमा सहमति जनाउने, अहिले आएर भए नभएका कुतर्क गर्नुको अर्थ नरहेको भन्दै अध्यक्ष भुसालले भने–हिम्मत भए कारवाही फुकुवाको प्रस्ताव लिएर आउनुहोस, हिजो तिनै ब्यक्तिहरुलाई जसरी नि कारवाही गर्नुपर्छ भनेर लविङ गर्ने देखी सबै निर्णय गर्ने, अहिले आएर चुनाव लक्षित केही ब्यवसायिहरुको भोट पाइन्छ कि भने जसरी कारवाहीको विषयलाइ अनावश्यक उचाल्नु आवश्यक छैन, यदि यो विषयमा भोलिका दिनमा सबै ब्यवसायिहरुले सत्य तथ्य कुरा बुझ्दै जान्छन्, सत्य तथ्य बुझ्दै गएमा त्यो समस्या हिजो कारवाही गर्ने, गराउनेसम्म सबै कुरा जवाफ दिँदा थाहा हुन्छ, म त हिजो पनि कारवाही गर्नु हुदैन भन्नेमा थिए, यदि हिजो जसरी कारवाही गर्नुपर्छ भनेर आउने समुह आज कारवाही फुकुवा गर्नुपर्छ भनेर आउछ भने म निर्णय गरेर फुकुवा गर्न तयार छु, कुन नैतिकताले हिजोको कारवाहीको फुकुवा भनेर आउनुहुन्छ हेरौला, हिजो आफै करावाही गर्नेदेखी गराउन खोज्ने आज कारवाही फुकुवा गर्नुपर्छ भन्ने कसरी नैतिकता रहन्छ ?’