मुख्यमन्त्रि शंकर पोख्रेलले भने–दङ्गालिहरु एक भएमा विकास सम्भव छ, केन्द्र र प्रदेश सरकार लाठि र प्रहरी वोकेर विकास गर्न आउदैन’

२०७५ फाल्गुन ३०, बिहीबार २०:५६ मा प्रकाशित

अन्तराष्ट्रिय विमानस्थल बनाउने देखी विभिन्न विकासका मुद्दाहरुमा विवाद नगरी एकमना एकताका साथ आउनुहोस, विकासमा विवाद गर्दा नै दाङ धेरै पछि पर्यो’

घोराही, फागुन ३० । प्रदेश ५ का मुख्यमन्त्रि शंकर पोख्रेलले दाङको विकासका सवालमा एकमतका साथ आह्रवान दङ्गालिलाई सार्वजनिकरुपमा आह्रवान गरेका छन् । एक बर्ष लगाएर निर्माण गरिएको घोराही उपमहानगरपालिका को बस्तुस्थिती (नगर पार्स्वचित्र) को विहिवार घोराहीमा विमोचन गर्दै मुख्यमन्त्रि पोख्रेलले दाङले पटक–पटक अवसर पाएपनि विकासमा साझा मत नहुँदा यहाँको जनताले सोचेअनुरुप विकास हुन नसकेको ठोकुवा गरे ।

SPONSORED

उनले विकासमा एकमना एकताका साथ दङ्गालिले आएमा मात्र विकासले गति लिने भन्दै विकासका मुद्धाहरुमा विभाजित भएर आएमा कुनै पनि हालतमा जिल्लाको विकास हुन नसक्ने जिकिर गरे । मुख्यमन्त्रि पोख्रेलले अनेत्र विकासका कुराहरु सबै राजनितिक दल, पत्रकार, नागरीक समाज, उद्योगि, ब्यवसायि एकमना एकताका साथ आउने गरेको प्रसंग सुनाउदै दङ्गालि पनि साझा प्रतिवद्धताका साथ विकासको नयाँ मोडेल ल्याउन सुझाए । दङ्गालि नेताहरु अहिले विकासको नेतृत्व गर्ने स्थानमा रहेको भन्दै यो वेला पनि दङ्गालि एक ढिक्का भई आएर विकासको नेतृत्वमा जिल्लालाई हिडाउन नसके यस्तो अवसर दाङले कहील्यै नपाउने उनको भनाई छ ।

‘सधै विकासमा विवाद गर्यो, सञ्चारमाध्यमले पनि त्यही कुरालाई प्रोत्साहीत गर्दा हामीले दाङको विकास गर्न सकेनौ, यो तितो यथार्थ कुरा हो, दुरगामि र भविष्यलाई सोचेर कुरा गर्दा हामि सबैलाई उडाउन ठिक्क हुन्छ, दाङको विकासका लागि साझा मत तयार गर्न हामि सक्दैनौ, अनि कसरी हुन्छ विकास ? मुख्यमन्त्रि पोख्रेलले भने–सधै दङ्गालिलाई विकासको नेतृत्व गर्ने यति ठुलो अवसर नआउन सक्छ, अव पनि हामि सधै विकासमा विवाद गर्ने, विकासका कुराहरुमा एकमत नहुने हो भने हेर्दै जानुहोस दाङको विकास सम्भव छैन, सञ्चारमाध्यमले पनि विकासका कुराहरुमा साझा मत बनाउन प्रयास गर्नुहोस, यसले मात्र हामिलाई सही निष्कर्ष निकाल्न मद्दत पुग्छ ।’ उनले विकासका लागि साझा प्रतिवद्धता तयार गर्नका निमित्त स्थानियरुपमा पहल गर्न राजनितिक दल, नागरीक समाज, पत्रकार, उद्योगि, ब्यवसायिलाई आग्रह गरेका छन. । उनले आफुले पुल र सडक निर्माणको अवस्था अनुगमन गरेपछि अधिकांश पुल र सडक निर्माणले गति लिएको चर्चा गर्दै पत्रे खोलाको पुल निर्माणले गति लिन नसकेकोप्रति सचेत गराए ।

उनले प्रदेश र केन्द्रमा आफु विकासका लागि सबै शक्ति लगाउन तयार रहेको भन्दै जिल्ला तहमा विकासका कुराहरुमा मिलेर आउन पनि सुझाए । उनले दङ्गालिहरु राष्ट्रिय र दुरगामि महत्वका विकासका योजनाहरुमा सधै विवाद गर्ने गर्दा जिल्लाको सोचेअनुरुप विकास नभएको तितो यथार्थ रहेको भन्दै यि सबै कुराहरुलाई चिर्दै एकठाउमा आउन जरुरी रहेको सुनाए । नारायणपुरमा अन्तराष्ट्रिय विमानस्थल बनाउने भनेर दुरगामि योजना राज्यले ल्याउदा कुरै नवुझेर विरोधका नाममा विरोध भएको भन्दै यस्ता गतिविधिले दङ्गालिलाई कहा पु¥याउने हो भनेर प्रश्न उनले गरेका छन् । ‘नारायणपुरमा अन्तराष्ट्रिय विमानस्थल बनाउने कुराको विरोध गरेको सञ्चारमाध्यममा पढ्न पाए, किन विरोध गरेको त्यो कुरा मैले बुझ्न सकेन, जनताको हित विपरीत सरकार जाने कुरा नै हुँदैन, खै नागरी समाज, यहाँका उद्योगि ब्यवसायि, पत्रकारहरुले कुरा बुझाएको, विवादलाई मलजल गरेर दाङलाई विकासमा सधैभरी पछि पार्ने कुराहरुलाई धेरै प्रोत्साहीत नगरौ–मुख्यमन्त्रि पोख्रेलले भने–दाङको विकासका लागि अन्तराष्ट्रिय विमानस्थल बनाउने कुरा दुरगामि विकासका लागि अत्यन्तै महत्वपुर्ण कुरा हो, निहीत ब्यक्तिगत स्वार्थका लागि र विरोधका लागि मात्र विरोध गर्र्यौ भने हामि विकासमा धेरै पछि पर्छौ, दुरगामि विकासका लागि यो दङ्गालिलाई चाहीन्छ है भनेर राज्यले प्रहरी र लाठि वोकेर आउदैन, तपाइहरु मिल्नु भयो वा एकतासाथ आउनु भयो भने विमानस्थल बन्छ, म सबै शक्ति लगाएर यसमा लागि पनि पर्छु, तपाइहरु स्थानियस्तरमा लाग्नुहोस ।’

SPONSORED

दङ्गालिहरुलाई सधैभरी नेतृत्व र अवसर गर्ने कुरा नआउने भन्दै अवसर आएको वेला एकमना एकताका साथ आएर विकासको नेतृत्व गर्न दङ्गालिलाई विशेष आग्रह गरे । उनले घोराही उपमहानगरपालिकाले विकासका लागि नयाँ मोडेलमा आफुलाई उभ्याउने प्रयास गरेको भन्दै मेयर नरुलाल चौधरीको कामको प्रसंसासमेत गरेका थिए । सर्रा–कुहीरेपानि सडकको स्तरोन्नतीका लागि प्रदेश सरकारले विशेष महत्व दिएको भन्दै घोराही–तुलसिपुरलाई फोरलेन सडक बनाउनेदेखी लिएर धेरै कामहरु सुरुवाति चरणमा रहेको भन्दै आजको आजै परीणाम नआउने र केही समय लाग्नेपनि उनले बताए । समृद्धि रातारात आउने कुरा नभएको भन्दै प्रदेश सरकारले गरेका राम्रा कामहरुको परीणाम अव देखीने चरणमा पुग्न लागेको सुनाए । माडि डाइभर्सनको विषयमा आफुहरु लागिपरेको भन्दै यसको आरम्भ भएमा विकास नयाँ चरणमा प्रवेश गर्ने पनि बताए । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान केन्द्र सरकार मात्हत रहेकाले प्रदेश सरकार अन्तरगत रहेको राप्ती प्रादेशीक अस्पताललाई विशेषज्ञ सेवासहीत अत्याधुनिक अस्पताल केन्द्रकोरुपमा विकास गरीने उनले जोड दिए । घोराहीका मेयर नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर सिता सिग्देल न्यौपानेले विषय प्रवेश गराएका थिए भने समिक्षा रामप्रशाद जैसिले गरेका थिए । कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकिय अधिकृत सन्तबहादुर सुनारले गरेका थिए ।