घोराही खानेपानीमा काग्रेस र राप्रपा प्रजातान्त्रिक समर्थित प्रजातान्त्रिक प्यानल विजयी

घोराही खानेपानीमा  काग्रेस र राप्रपा प्रजातान्त्रिक समर्थित प्रजातान्त्रिक प्यानल विजयी 1

घोराही खानेपानिमा वामपन्थि समर्थित प्रगतिशिल प्यानल क्लिन स्विप

घोराही खानेपानीमा  काग्रेस र राप्रपा प्रजातान्त्रिक समर्थित प्रजातान्त्रिक प्यानल विजयी 2

घोराही । दाङ जिल्लाको घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई हराउँदै नेपाली कांग्रेस निकटको प्रजातान्त्रिक समूहले क्लिन स्विीप गरेको छ ।

SPONSORED

घोराही खानेपानीमा  काग्रेस र राप्रपा प्रजातान्त्रिक समर्थित प्रजातान्त्रिक प्यानल विजयी 3

घोराही खानेपानीमा  काग्रेस र राप्रपा प्रजातान्त्रिक समर्थित प्रजातान्त्रिक प्यानल विजयी 4आइतबार बिहान सम्पन्न मत परिणामअनुसार नेपाली कांग्रेस निकटको प्रजातान्त्रिक समूह अत्याधिक मतसहित विजयी भएको हो । कांग्रेस निकट प्रजातान्त्रीक र कम्युनिष्ट निकट प्रगतिशील प्यानल चुनाबी मैदानमा थिए । प्रजातान्त्रिक समूहबाट देवीबहादुर डिसीको समूह निर्वाचनमा उत्रिएको थियो भने वामपन्थिवाट गणेशप्रशाद श्रेष्ठको समुह निर्वाचनमा उत्रिएको थियो । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको तिनवर्षे नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा प्रजातान्त्रिक प्यानल पुरै विजयी भएको मुख्य निर्वाचन अधिकृत रेवतिरमण भट्टराईले जानकारी दिनु भयो । भट्टराईका अनुसार डिसीले १ हजार ९ सय ९६ मत प्राप्त गरेरका छन्, भने उनका प्रतिद्वन्द्वि गणेशप्रसाद श्रेष्ठले ९ सय ७६ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा विजयी भरतमणी पाण्डेले १ हजार ७ सय ७१ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वि मधुसुदन शर्मा अर्यालले ९सय ७६ मत ल्याएका छन् ।

SPONSORED

घोराही खानेपानीमा  काग्रेस र राप्रपा प्रजातान्त्रिक समर्थित प्रजातान्त्रिक प्यानल विजयी 5

सचिवमा १ हजार सात सय २५ मत ल्यायी सुमन शर्मा बिजयी भएका छन । सचिवमा र प्रगतिशील प्यानलका निर्मल गौतमले नौ सय ९० मत ल्याई पराजित भएका थिए ।

SPONSORED

घोराही खानेपानीमा  काग्रेस र राप्रपा प्रजातान्त्रिक समर्थित प्रजातान्त्रिक प्यानल विजयी 6

सस्थाको कोषाध्यक्षमा धु्रब केसी एक हजार नौ सय सात मत ल्यायी बिजयी भएका छन । उनका प्रतिद्धन्द्धी सयुक्त व्यवसायीक प्यानलका नरबहादुर बुढाथोकीले ८ सय दुई मत प्राप्त गरेका थिए । सस्थाको सचिव र कोषाध्यक्षमा निर्वाचित शर्मा र केसी दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन ।

त्यस्तै सस्थाको सदस्यहरूमा लोकतान्त्रीक प्यानलवाट एक हजार तीन सय ७१ मत ल्याएर धमेन्द्र श्रेष्ठ, एक हजार तीन सय २० मत ल्याएर नारायण भण्डारी, एक हजार छ सय १८ मत ल्याएर खुमा खड्का थापामगर, एक हजार पाँच सय २१ मत ल्याई यशोदादेवी पाण्डेय र एक हजार तीन सय ३६ मत ल्याएर लक्ष्मीसिंह ठकुरी निर्वाचित भएका निर्वाचित अधिकृत भट्राईले जानकारी दिए ।

प्रगतिशील समूहबाट उपाध्यक्षमा मधुसुदन शर्मा अर्याल, सचिवमा निर्मल गौतम, कोषाध्यक्षमा नरबहादुर बुढाथोकी, सदस्यमा दुर्गा खत्री, दिलिप खनाल, विष्णु कालाथोकी, भुमा चौधरी र मनकुमार पुन पराजित भएका छन् ।

प्रगतिशील समूहबाट उपाध्यक्षमा मधुसुदन शर्मा अर्याल, सचिवमा निर्मल गौतम, कोषाध्यक्षमा नरबहादुर बुढाथोकी, सदस्यमा दुर्गा खत्री, दिलिप खनाल, विष्णु कालाथोकी, भुमा चौधरी र मनकुमार पुन पराजित भएका छन् ।