भविष्यको पुस्ताले आँहा राजधानि भन्ने गरी उपयुक्त ठाउमा राजधानि तोक्नुपर्छ–मुख्यमन्त्रि शंकर पोख्रेल

२०७५ माघ २१, सोमबार २०:५९ मा प्रकाशित

‘हतारमा निर्णय गरेर पछि पछुताउने काम गर्नुहुदैन, विलम्व गरेर भएपनि उपयुक्त निर्णय गर्नुपर्छ’

प्रदेशसभा दिवसमा नाम र राजधानीको चर्चा

 

२१ माघ, बुटवल । प्रदेशसभा ५ ले सोमबार प्रदेशसभा दिवस मनाएको छ । प्रदेशसभाको पहिलो बैठक बसेको एक वर्ष पुगेको अवसरमा सोमबार प्रदेशसभा दिवस मनाइएको हो ।

SPONSORED

प्रदेशसभा सचिवालयद्वारा आयोजित प्रथम प्रदेशसभा दिवसमा प्रदेश प्रमुख उमाकान्त झाले संघीयता कार्यान्वयनलाई सफल बनाउन प्रदेशसभाको भूमिका प्रशंसनीय रहेको बताए ।

SPONSORED

सीमित स्रोत साधन र जनशक्तिका बाबजुद प्रदेशसभाले अहिलेसम्म गरेका कामहरु राम्रै रहेको भन्दै उनले आगामी दिनमा थप व्यवस्थित हुदै जाने विश्वास व्यक्त गरे ।

SPONSORED

मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको राजधानी कुन ठाउँमा बनाउने भन्ने बिषय बहसको बिषय बनाउन नहुने भन्दै प्रदेशको राजधानी कस्तो बनाउने भन्ने कोणबाट सोच्नुपर्ने बताए । उनले प्रदेशको राजधानी कुन ठाउमा बनाउने भन्ने बिषयलाई सडक आन्दोलनको एजेण्डा नबनाउन समेत बिपक्षी दललाई आग्रह समेत गरे । उनले भबिष्यको पुस्ताले आहा राजधानी भनेर गौरब बोध गर्ने गरि उपयुक्त ठाउमा स्थायी राजधानी तोक्नुपर्ने विचार ब्यक्त गरे ।
उनले थपे–हतारमा निर्णय गरेर पछि पछुताउने काम गर्नु हुदैन, कुन ठाउ भन्दा पनि कस्तो राजधानी बनाउने भन्नेमा बहस गरौ, आग्रह पुर्बाग्रहबाट माथी उठेमा राजधानीको बारेमा बिवाद हुदैन’ ।

साधन स्रोत, जनशक्ति र प्राबिधिकहरुको अभावका कारण प्रदेश सरकारले सोचे जति काम गर्न नसकेको बताउदै मुख्यमन्त्री पोखरेलले त्यसका बाबजुद पनि प्रदेश सरकारले गरेका कामहरुबाट निराश हुनुपर्ने अवस्था भने नरहेको उल्लेख गरे ।

संघीय संसदले कानून निर्माणमा गरेको ढिलाईका कारण पनि प्रदेश सरकारलाई आवश्यक कानून निर्माण गर्न कठिनाई उत्पन्न भएको भन्दै उनले फागुनदेखि कानून निर्माणको कार्यले तिब्रता पाउने विश्वास व्यक्त गरे ।

प्रदेश सरकारले यो बर्षलाई प्रदेशको फाउण्डेशन तयार गर्ने बर्षको रुपमा लिएको भन्दै पोखरेलले त्यसका लागि सत्ता पक्ष र प्रतिपक्ष नभनी अगाडि बढ्नुपर्नेमा जोड दिए ।

विपक्षी नेपाली कांग्रेसका नेता नेता बलदेव शर्मा पोखरेलले प्रदेशलाई संघीय सरकारले सहयोग नगरेको गुनासो गरे । उनले यस्तै अवस्था रहे संघीयता नै असफल हुन सक्ने आशंका व्यक्त गरे ।

एक बर्षको अवधिमा प्रदेश सरकारले देखिने गरी कुनै काम गर्न नसकेको भन्दै उनले सरकारको काम गराईको यो गतिले संघीयताको सफल कार्यान्वयन हुन नसक्ने बताए ।

सभामुख पूर्णबहादुर घर्ती र उपसभामुख कृष्णी थारुले एक बर्षको अवधिमा प्रदेशसभाले गरेका गतिबिधिहरुको बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा प्रदेशसभा सचिवालय र संसदीय मामिला पत्रकार समाज प्रदेश ५ को सहकार्यमा प्रकाशित प्रदेशसभा दर्पणको लोकार्पण गरिएको थियो ।

कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, उच्च पदस्थ कर्मचारीहरु, सुरक्षा निकायका प्रदेश प्रमुखहरु लगायतको सहभागिता थियो । प्रदेशसभा सचिवालयमा कार्यरत कम्प्युटर अधिकृत मनोजकुमार पाण्डे, नायब सुब्बा दिवाकर पन्थी, मर्यादापालक प्रहरी जवान ओमप्रकाश डांगी, कार्यालय सहयोगी कल्पना विष्टलाई उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरिएको थियो ।