शैक्षिक क्षेत्रलाई माथि उठाउन समुदायको पहल अपरीहार्य–पुर्व राष्ट्रपति यादव

२०७५ पुष २७, शुक्रबार १७:४४ मा प्रकाशित

घोराही, पुस २७ । पुर्व राष्ट्रपति डा. रामवरण यादवले शैक्षिक क्षेत्रलाई माथि उठाउन राज्यले अभिभावकत्व ग्रहण गर्दै विशेष प्राथमीकता दिनुपर्ने बताएका छन् ।

घोराही १५ स्थिर्त शान्ती सुधा आवासिय माध्यमिक विद्यालयको रजतजयन्तिको अवसरमा आयोजित समारोहलाई शुक्रवार सम्वोधन गर्दै यादवले शैक्षिक क्षेत्रको उन्नयनवाट नै मुलुकले समृद्धिको वाटो पकड्ने बताए । उनले शैक्षिक क्षेत्रलाई राजनितिवाट टाढा राख्नुपर्ने भन्दै शिक्षामा राजनितिकरण गर्न नहुनेपनि बताए ।

उनले शैक्षिक क्षेत्रमा अलि बढि राजनिति हुँदा सोचेअनुरुप यो क्षेत्रले उचाइ लिन नसकेको भन्दै अव सबै तहका सरकारहरुले शैक्षिक गुणस्तर कायम राख्न अभियान नै चलाउनुपर्ने बताए । उनले संविधान जारी भइसकेकाले यसको कार्यान्वयनमा दलहरु एकतावद्ध भएर अघि बढ्न पनि आग्रह गरे । उनले संविधान कार्यान्वयन गरेर मुलुकलाई समृद्धिको दिशातर्फ अघि बढाउने दायित्व दलहरुको भएको भन्दै यसमा विभाजित भन्दा पनि एकाकार भएर लाग्नुपर्ने बताए । विद्यालय व्यवस्थापन समिती अध्यक्ष दामोदर खनालको अध्यक्ष एवम पुर्व राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले घोराहीमा शान्ती सुधा निकै पुरानो विद्यालय भएको र शिक्षामा पनि अव्बल भएको बताइन । साथै उनले नेपालको शिक्षामा संस्थागत विद्यालयको भुमिका अहम रहेको दावि गरिन । उनले विद्यालयले शिक्षण सिकाइसँगै अतिरिक्त क्रियाकलापमा देखाएको सक्रियताको पनि खुलेर प्रंससा गरिन । नेपाली काग्रेसकी नेतृ देवकोटा विद्यालयलाई अझै शिक्षामा सुधार ल्याइ बालबालिकाको उज्ववल भविष्यको साहारा बन्न विद्यालयलाई आग्रह गरिन ।

कार्यक्रममा बालबालिकाहरुले गीत, नृत्य प्रस्तुत गरेका थिए भने नयाँ शैक्षिक सत्र देखि सुरु भएको विभिन्न कार्यक्रमका विजेताहरुलाई पुरुस्कार वितरण गरिएको थियो । यस्तै कार्यक्रममा कक्षा तीन देखि १०कक्षा सम्मका बालबालिकाहरुले स्थानिय सामाग्रीको प्रयोग गरि विज्ञान र कला प्रर्दशन गरेका थिए । बालबालिकाले आआफ्नो सिपको प्रयोग गरि हस्तकला र चित्र कला देखाएका थिए । विज्ञान तथा कला प्रदर्शनि पुर्व राष्ट्रपति यादवले आफै अवलोकन गरेका थिए । कार्यक्रममा विद्यालयको वारेमा प्रीन्सीपल विनय मिश्रले जानकारी दिएका थिए भने कार्यक्रमको संयोजकमा विद्यालय ब्यवस्थापन समिति सदस्य प्रेम शाह रहेका थिए ।