मुख्यमन्त्री शंकर पोखरेलद्वारा सामुदायिक विद्यालयमा एक दिन, कक्षा कोठामा एकदिन कार्यक्रमको शुभारम्भ

२०७५ पुष १६, सोमबार १७:१७ मा प्रकाशित

घोराही, पुस १६ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विद्यालयमा एक दिन, कक्षा कोठामा एकदिन कार्यक्रमको शुभारम्भ गर्नु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–७ मा रहेको मावि कालाखोलाकक्षा १० ‘ए’मा पढाउँदै कार्यक्रमको शुभारम्भ गर्नुभयो । मुख्यमन्त्रीसगैं विद्यालय पुग्नुभएका तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले कक्षा १० को ‘बि’ र प्रदेशसभा सदस्य उत्तर कुमार वलीले कक्षा ८ मा पढाएर उक्त कार्यक्रममा सहभागी हुनुभयो ।
प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गरेर विद्यालय र समुदायको सम्बन्धलाई समधुर बनाएर शैक्षिक गुणस्तर उकास्न यो अभियान अघि बढाएको हो । अब सबै अभिभावक वर्षमा एक दिन विद्यालय आउने कार्यक्रमको शुरुआत भएको मुख्यमन्त्रीले बताउनु भयो । अब सबै अभिभावक वर्षमा एक पटक विद्यालय आउने र पढाउन सक्ने अभिभावकले पढाउनुहुन्छ, अन्य प्रतिभा भएका अभिभावकले प्रतिभा देखाउनुहुन्छ उहाले भन्नुभयो ।
यसरी अभिभावकले सामुदायिक विद्यालयमा आएर लगानी गरेमा सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन सकिने उहाको भनाइ छ । समुदायले नै निर्माण गरेका सामुदायिक विद्यालयमा अभिभावकको लगाव घट्दै गइरहेको भन्दै त्यसलाई जोड्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रदेश सरकारको अपेक्षा छ ।
तुलसीपुर उपमहानगरपालिकाबाट शुरु भएको भन्दै यो अभियान प्रदेशका सबै सामुदायिक विद्यालयमा पु¥याइने मुख्यमन्त्री पोख्रेलले बताउनुभयो ।
सामुदायिक विद्यालयको स्रोतसाधन धेरै भए पनि निजी विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढेको भन्दै सामुदायिक विद्यालयमा विद्यार्थीलाईं आकर्षणको केन्द्र बनाउनुपर्ने उहाँको भनाई छ ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले शिक्षाको गुणस्तर वृद्धि गर्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
क्ष्mबनभ mबथ अयलतबष्लस् ज्ञ उभचकयल

SPONSORED