मुख्यमन्त्रिको समन्वयमा गम्भीर घाइतेलाइ हेलिकोप्टरबाट काठमाडौं लगिदै

२०७५ पुष ७, शनिबार १२:३४ मा प्रकाशित

घोराही, पुस ७ । कृष्णसेन इच्छुक पोलिटेक्निकल इन्ष्टिच्युट घोराहीको बस दुर्घटनामा परी गम्भिर घाइते भएकाहरुको उचित उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिदैछ ।

मुख्यमन्त्री शंकर पोख्रेलको समन्वयमा हेलिकोप्टरबाट उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर कोहलपुरका लागि उडिसकेको छ ।
१७ जनासम्म हेलिकोप्टरमा अट्नसक्ने उल्लेख गर्दै कोहलपुर अस्पतालले रिफर गरे जति सबैलाई काठमाडौं लैजाने मुख्यमन्त्रिका प्रेस सल्लाहकार शेरबहादुर केसिले बताए । प्रदेश ५ का मुख्यमन्त्रि पोख्रेलले गम्भिर घाइतेहरुको उपचारका लागि हेलिकप्टरवाट काठमान्डौ लैजान लागिएको बताए ।

SPONSORED

SPONSORED