अस्पताल विकास समितिका कर्मचारीद्वारा उचित ब्यवस्थापनको माग गर्दै सभामुख महरालाई ज्ञापन पत्र

२०७५ मंसिर २०, बिहीबार २१:०६ मा प्रकाशित

प्रतिष्ठानले बजेट कम भएकाले योग्य र दक्ष कर्मचारी मात्रै राख्ने भनेपछि विकास समितिका कर्मचारी महरासमक्ष पुगे

घोराही, मंसिर २० । राप्ती उपक्षेत्रीय अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हस्तान्तरण भइसकेको लामो समय वितिसक्दापनि तत्कालिन उपक्षेत्रीय अस्पताल विकास समितिवाट नियुक्त भएका कर्मचारीहरुको ब्यवस्थापनको सन्दर्भमा अझै टुंगो नलागेपछि उनिहरुले सघर्ष समिति घोषणा गरेका छन् । उनिहरुले राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारी सघर्ष समिति गठन गरेर दाङ आएका सभामुख कृष्णबहादुर महरालाई भेटेर आफ्नो माग वारे गम्भिर वनिदिन आग्रह गरेका छन् । विहिवार वेलुका कर्मचारीहरु सबै जम्मा भएर सभामुख महरासमक्ष पुगेका थिए । लागेको छैन् । प्रतिष्ठानमा अस्पताल हस्तान्तरण भएपछि आफुहरुको सहज ब्यवस्थापन हुनेमा अपेक्षा गरेका कर्मचारीहरुले झन्डै ६ महीनादेखी तलव नपाएको गुनासोसमेत महरासंग गरेका छन् ।

प्रतिष्ठानले तत्कालिन अस्पताल विकास समितिकै सेवा सुविधा दिने गरी नियुक्ती दिने तयारी गरेको भन्दै विकास समितिका कर्मचारीहरुले असन्तुष्टि जनाएको वारेमा पनि महरालाई जानकारी गराएका छन् । उनिहरुले प्रतिष्ठान भइसकेपछि आफुहरुको माग सम्वोधन हुने अपेक्षामा रहेपनि अहिले योग्य र दक्ष कर्मचारी मात्रै राख्ने भनेर प्रतिष्ठानले योजना बनाउदा आफुहरु मर्कामा परेको महरालाई गुनासो सुनाएका छन् । सो अवसरमा उनिहरुले प्रतिष्ठानमा भर्खरै नियुक्त भएका कर्मचारीहरुले तलव खाइसकेको भएपनि अस्पताल विकास समितिवाट नियुक्त भएका कर्मचारीले अहिलेसम्म तलव नपाएको पनि गुनासो गरेका छन् । प्रतिष्ठानका कर्मचारी र तत्कालिन अस्पताल विकास समितिका कर्मचारीहरुमा विभेद गरीएको भन्दै प्रतिष्ठानमा अस्पताल हस्तान्तरण भइसकेपछि पनि पुरानो अस्पताल विकास समितिका कर्मचारीकारुपमा विभेद गरीनु राम्रो कुरा नभएको भन्दै मंगलवारदेखी प्रतिष्ठानले नियुक्ती दिने तयारी गरेपछि पुरानै सुविधा पाउने गरी नियुक्ती नलिने र आन्दोलन गर्ने चेतावानि दिदै आएका छन् ।

कर्मचारीहरुले यस अगाडि आफु आन्दोलनकै तयारीमा रहेको वेला नागरीक समाज, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समितिको पटक–पटक अनुरोधकै कारण आन्दोलन नगरेको भन्दै अहिले वाध्य भएर आन्दोलनमा जाने परीस्थिती सिर्जना गरीएको महरालाई ध्यानाकर्षण गराए । आन्दोलनस्वरुप नै सभामुख महरालाई आफुहरुको मागका वारेमा ज्ञापनपत्र बुझाएको कर्मचारीहरुको भनाई छ । ज्ञापनपत्र बुझ्दै महराले कर्मचारीको माग प्रति आफु गम्भिर रहेको र यो विषयमा आफुले पहल गरीदिने आश्वासन दिएका छन् । महराले प्रतिष्ठान बनाउन आफु निरन्तर लागि परेको कुरा सुनाउदै सबै मिलेर प्रतिष्ठानलाई थप मजवुत र स्तरीय सेवा दिने बनाउनुपर्ने विचार राखे । उनले प्रतिष्ठानले अस्पताल ल्याइसकेका कारण अव सेवा सुधारेर यहाँका जनताको स्वास्थ्यमा पहुँच पुर्याउने अभियानमा सबै लाग्नुपर्ने बताएको महरालाई भेट्न पुगेका एक जना कर्मचारीले भने ।

यसअघि तत्कालीन राप्ती उपक्षेत्रिय अस्पताल बिकास समितिका ६३ जना कर्मचारीहरुले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको नियमानुसार सेवा सुबिधाको माग गर्दै मंगलवार नै प्रतिष्ठानका रजिष्टार रामप्रशाद प्याकुरेलको ध्यानाकर्षण गराएका थिए । बिकास समितिका कर्मचारीमाथी बिभेद नगर्न अनुरोध गर्दै कर्मचारीहरुले माग पुरा नभए उनिहरुले आन्दोलनमा जाने रजिष्टारलाई चेतावानी दिइसकेका छन् । कर्मचारीहरुले ध्यानाकर्षण गराउनेक्रममा रजिष्टार प्याकुरेलले यो बिषयमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको र यस बारेमा उपकुलपतिसग समन्वय गरेर अघि बढ्ने बताए । उनले आफू एक्लैले केहि गर्न नसक्ने र केन्द्रसग समन्वय गरेर काम गर्ने बताए । यता, कर्मचारीहरुको वारेमा बुझ्न खोज्दा प्रतिष्ठानकि उपकुलपति डा. संगिता भण्डारीले स्वास्थ्य मन्त्रालयले एक रुपैयाँ नदिएको र अन्य सहयोगि निकायले पनि चाहेजति बजेट ब्यववस्थापन गर्न पहल नगरेकाले प्रतिष्ठानले आफै कमाएर सबैको ब्यवस्थापन गर्ने तयारी गरेको बताएकि थिइन् । उनले प्रतिष्ठानसंग बजेट नभएकाले नचाहीने भन्दा पनि आवश्यक कर्मचारीमात्रै राखिने भन्दै थोरै बजेटमा योग्य र दक्ष कर्मचारी राखेर प्रतिष्ठानको सेवा मजवुत र सुधार्ने अभियान आफुहरु लागिपरेको जोड दिइन् । उनले अयोग्य कर्मचारीलाई राख्न नसकीने भन्दै प्रतिष्ठानले योग्य कर्मचारीलाई राखेर धेरै काम गर्न वाँकि रहेको बताएकि थिइन् ।

यसअघि पनि आन्दोलनको तयारी गरेका विकास समितिको कर्मचारीको आन्दोलन सरोकार समितिका संयोजक नारायण भुसाल र नागरीक समाज दाङका संयोजक चन्द्रराज पन्तको टोलिले वार्ता र सम्वादवाट समस्या समाधान गरीने भन्दै तत्कालै आन्दोलनमा नजान आग्रह गरेका थिए । नागरीक समाज र सरोकार समितिको आग्रह अनुसार आन्दोलनमा नगएका कर्मचारीहरु वाध्य भएर आन्दोलनमा जानुपर्ने अवस्था आउन लागेको बताए । आन्दोलनमा जाने चेतावानी दिएपछि सरोकार समितिका संयोजक र नागरीक समाज दाङका संयोजक चन्द्रराज पन्तले कर्मचारीको समस्याका वारेमा जानकारी लिएका थिए ।