सस्तो लोकप्रीयता र राजनितिक नारा नवनोस सभामुख महराको ऐलानिलाई मुआब्जा दिने कुरा

२०७५ मंसिर २०, बिहीबार १९:५७ मा प्रकाशित

दाङलाई राजधानि बनाउने आन्दोलन चलीरहेकै वेला महराले भनेका थिए–आठौ प्रदेश बनाएर भएपनि दाङलाई राजधानि बनाउछौ’

घोराही । संघीय संसद्का सभामुख कृष्णबहादुर महराले नारायणपुरवासीहरुलाई अन्तरराष्ट्रिय विमानस्थल निर्माणको बिरोध नगर्न अपिल गरेका छन् ।

नारायणपुर पुगेर महराले भने–विमानस्थलको बिरोध नगर्नुस्, ऐलानी जग्गाले पनि मुआब्जा पाउनुहुन्छ

दिउसो दाङ आए लगत्तै नारायणपुर वडा कार्यालय पुगेर महराले त्यहाँ सहभागी स्थानीयहरुलाई विमानस्थलले समग्र दाङको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

‘हामी कहिले पनि विकास विरोधी हुनुहुँदैन, स्थानीयका समस्या समाधान गरेर विमानस्थल निर्माण गर्नुपर्छ,’ महराले भने, ‘विमानस्थल बनाउँदा स्थानीयहरुका ऐलानी जग्गाको पनि मुआब्जाको व्यवस्था गरिन्छ ।’

विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न परामर्शदाता नियुक्त भइसकेको जानकारी दिँदै उनले तत्काल प्रकृयागत काम शुरु हुने जानकारी दिए । नेपाल सरकारको बजेटले मात्र विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुन नसक्ने उल्लेख गर्दै उनले त्यसका लागि निजी क्षेत्रको लगानी खोज्नुपर्ने धारणा व्यक्त गरे ।

‘निजी क्षेत्रको लगानी भित्र्याएर लिजमा सञ्चालन गर्न दिने गरी निर्माण गर्नुपर्छ,’ महराले भने, ‘विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गर्न मैले अन्तरराष्ट्रिय दातृनिकायहरुसँग पनि पहल गर्छु ।’
दाङको विकासका लागि सबै जनप्रतिनिधिहरु एक भएर अघि बढ्नुपर्ने उनले आवश्यकता औंल्याए । राज्यले अन्तरािष्ट्रय विमास्थल बनाउने भनेको सम्भावित स्थानहरुमा ऐलानि प्रति जग्गा ब्यक्तिले चर्चेका भन्ने रिपोर्ट छ । तर, महराले भने सबै ऐलानि प्रति जग्गाका जग्गाधनिलाई मुआब्जा दिने भनेर घोषणा गरे । नारायणपुरवासीहरु ऐलानि जग्गाको मुआब्जा राज्यले दिने भनेर सभामुखवाट यस्तो कुरा सार्वजनिक भएपछि स्वाभाविकरुपमा आश्वस्त पनि छन् ।

यद्यपी राज्यलाई ऐलानि जग्गा बढि भएकाले त्यसलाई कानुनि दायरामा ल्याएर प्रकृया अघि बढाउन सकिन्छ भन्ने लागिरहेको वेला सभामुखको यस्तो अभिब्यक्ती वाहीर आएको हो । कतिपयले सभामुख महराले सस्तो लोकप्रीयताका लागि मात्र वोलिदिएको भनेर भन्ने गरेका छन् । ऐलानी जग्गाधनिलाई मुआब्जा दिने कुरा प्रदेश ५ को राजधानि आठौ प्रदेश बनाएर गराउछौ भनेजस्तो सभामुख महराको अभिब्यक्ति सावित नहोस । राजधानीकै आन्दोलन चलिरहेको वेला महराले दाङ राजधानि नभएपछि आठौ प्रदेश बनाएर भएपनि राजधानि बनाउने भनेर सार्वजनिकरुपमै अभिब्यक्ति दिएका थिए । उनको राजधानि सन्दर्भको कुरा कुरामै सिमित भएजस्तो देखीएको छ । प्रदेश ५ को राजधानि दाङलाई बनाउने भनेर महराले सार्वजनिकरुपमा चुनावमा प्रतिवछता जनाउदै भोट मागेका थिए । वामपन्थिका उम्मेद्वारा सबैले राजधानिका लागि भोट मागेका थिए । यद्यपि, महराले अहिलेपनि दाङ राजधानि हुनेमा आफु विश्वस्त रहेको भन्न छाडेका छैनन् ।