घोराही, कार्तिक २१ । नेपालि काग्रेसको उप सभापतिमा भर्खरै मनोनित हुनु भएका विजयकुमार गच्छेदारको मनोनयनको विषयमा पार्टिभित्र असन्तुष्टि चुलिएपछि पार्टिका नेताहरु मुख खोल्न थालेका छन् ।

नेपालि काग्रेसका युवा नेता उप सभापति गच्छेदारका विश्वासपात्र मानिने योगेन्द्र चौधरीले तत्कालिन अवस्थामा फोरम र काग्रेस विचको एकता एक वर्षपछि मुर्तरुप लिन थालेकोमा स्वागत गर्दै अन्य सहमतिका कुराहरु यथाशिघ्र लागु गर्न पार्टि नेतृत्वलाई आग्रह गरेका छन् । माथिदेखी पार्टिको तल्लो निकायसम्म एकता गर्न आवश्यक रहेको भन्दै पार्टि उपसभापतिमा गच्छेदारलाई मनोनयन गरेर पार्टिले एकता प्रकृयालाई अघि बढाएको उनले बताए । उप सभापतिमा मनोनित पछि फोरमकोतर्फवाट केन्द्रिय समितिमा लैजाने नेताहरुको पनि छिटो भन्दा छिटो टुंगो लगाउन पनि नेतृत्वलाई उनले सुझाएका छन् । अझैपनि आफुहरुको वारेमा पार्टिमा टुंगो लगाउन नसकेको चिन्ता ब्यक्त गर्दै पार्टिका उप सभापति विमलेन्द्र निधिको नेतृत्वमा एउटा कार्यदल बनेको र त्यसपछि उसले ल्याउने प्रतिवेदन केन्द्रिय कमिटिले पास गर्न सक्ने उनले बताए । गच्छदारलाई उपसभापति बनाउनु ‘राजनीतिक निर्णय’ भएको भन्दै यसलाई धेरै ठुलो विषय बनाउन नहुने काग्रेस नेता चौधरीले बताए ।

गच्छदारको  उपसभापति बनाउने निर्णयलाई ‘ईस्यु’ बनाइराख्न आवश्यक नभएको बताएका छन् । केन्द्रीय कार्यसमितिले मंगलबार गरेको यो निर्णय राजनितिक निर्णय भएकाले एकतालाई खघि बढाउन ढोका खुलुको उनले प्रतिक्रीया दिए । ‘‘अहिले देख्दा विधानविपरीतजस्तो देखिए पनि यो राजनीतिक निर्णय हो । विधानमा त दुईजना उपसभापति बनाउने व्यवस्था छैन, तर यो राजनीतिक निर्णय हो, त्यसैले यसलाई ईस्यु बनाउन हुन्छ जस्तो मलाई लाग्दैन ।’

फोरम लोकतान्त्रिकबाट चुनावअघि कांग्रेसमा फर्किएका विजय गच्छदारसँग पार्टी एकता भएको एक वर्ष पुग्न लाग्दा पनि जिल्ला(जिल्लामा लोकतान्त्रिक फोरमका कार्यकर्ता समायोजन हुन बाँकी रहेको उनले बताए । गच्छेदारका विश्वासपात्र चौधरीले भने–काग्रेस उपसभापति विजयकुमार गच्छेदारका विश्वासपात्र काग्रेस नेता योगेन्द्र चौधरी भन्छन्–‘विजय दाई विमलेन्द्र निधि भन्दा राजनितिकरुपमा र जुनवेला काग्रेसमा हुनुहुन्थ्यो, त्यो वेला पनि सिनियर नेता हो, यसमा पार्टिभित्र विवाद गर्न आवश्यक छैन, यो छलफलको विषय नै होइन्’