तिहारमा जुवातास पुरै नियन्त्रण गर्ने सुरक्षा समितिको निर्णय

घोराही, कार्तिक २० । जिल्ला सुरक्षा समिति दाङको बैठकले शुभ दिपावलिको अवसरमा आम जनसमुदायहरुमा शुभकामना दिदै दाङको शान्ति सुरक्षा अवस्था कडा बनाउने बताएको छ ।

बैठकले शुभ दिपावली २०७५ को अवसरमा सम्पूर्ण दाङ जिल्लाबासीहरुमा जिल्ला सुरक्षा समिति दाङको तर्फबाट सुख शान्ति सु स्वास्थ्य एवं प्रगतिको कामना गर्दै आम जनसमुदायहरुमा कानुन विपरीतका कार्य नगर्न तथा नगराउनुहुन समेत जानकारी गराएको छ । दाङका निमित्त प्रहरी प्रमुख डिएसपि रामप्रशाद घर्तिले चाडपर्वको निहुमा पटका तथा आतसबाजीको प्रयोग गरी आम जनमानसमा भय त्रास सिर्जना गर्न सक्ने भएकोले सो कार्य हुन नदिन पटका बिक्रि वितरण तथा ओसार पसार र पटका पडकाउने कार्यलाई रोक्ने निर्णय गरेको जानकारी दिए ।

उनले दिपावलीको अवसरमा देउसी भैलो खेल्ने क्रममा अप्रिय घटना घट्न सक्ने र अवान्छित क्रियाकलाप हुन सक्ने भएकोले नियमित र व्यबस्थित रुपमा साँझ १० बजे सम्म मात्र देउसी भैलो खेल्ने खेल्न लगाउने निर्णय भएको पनि बताए । साथै बैठकले मादक पदार्थ सेवन गरी गाउँ तथा शहरी क्षेत्रमा हुन सक्ने संभावित झै झगडा,जुवातास,सडक दुर्घटना तथा अन्य अपराधिक गतिविधीलाई नियन्त्रणमा लिने पनि निर्णय गरेको छ ।