तुलसीपुर
१९ कात्तिक । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले बिजौरीको मध्यपश्चिम आयुर्वेदिक चिकित्सालयलाई प्रदेशस्तरको औषधालय बनाउने बताएका छन् । चिकित्सालयले धनन्तरी जयन्ती तथा आरोग्य दिवसका अवसरमा सोमबार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि पोखरेलले चिकित्सालयलाई प्रदेशस्तरको बनाएर आयुर्वेद अनुसन्धानको केन्द्रका रुपमा विकास गर्ने बताए । ‘क्षेत्रीय अस्पताल प्रदेशस्तरको अबस्पताल बन्ने कुरामा कुनै दुविधा छैन्’ उनले भने‘ अब यसको सेवा प्रभाबकारी बनाउन तिर ध्यान दिनुहोस् ।’ प्रदेशको दाङको आयुर्वेद विकासका लागि दुई करोड बजेट बिनियोजन गरेको समेत उनले बताए ।

साथै उनले ईसा पूर्बक चारसय बर्ष पहिले देखि आर्युवेद पद्धतिको विकास भएपनि आधुनिक चिकित्सा बिज्ञानको बिकासले आयुर्वेद पद्धति ओझेलमा परेको बताए । तर सेवासुबिधार बिस्तार तथा प्रभाबकारी सेवा दिएमा आयुर्वेद पद्धतिले निरोगी बन्न सिकाउने उनको भनाई थियो ।

रोग लाग्न नदिन तथा स्वस्थ हुनका लागि आयुर्वेद पद्धति प्रभाबकारी रहेको उनको भनाई छ ।‘एउटा रोगको लागि एलोपेथिक औषधी सेवन ग¥यो, त्यसले अर्को रोग जन्माउछ’ उनले भने‘तर आयुर्वेदमा त्यो समस्या हुन्न ।’

यस्तो अवस्थामा पनि अहिले आयुर्वेद उपचारप्रतिको आकर्षण घट्दै गएको भन्दै यसलाई थप ब्यबस्थित बनाएर लैजानुपर्ने उनको तर्क थियो । आयुर्वेदलाई परम्परागत उपचार पद्धतिमा नभएर आधुनिकतामा ल्याउनुपर्ने समेत उनको भनाई छ ।‘आयुर्वेद पद्धतिमा परम्परागत रुपमा गरिदै आएको हातले छामेर बिरामी पहिचान गर्ने चलन छ’ उनले भने‘यसलाई परिबर्तन गरेर लैजानुपर्छ ।’

साथै उनले योग आरोग्यको साधकका रुपमा स्थापीत भएको समेत बताए । योग गर्ने मानिश स्वस्थ हुने भएकाले आजको युगलाई योगसंग जोडिएन भने मानिश रोगी हुने समेत उनको भनाई थियो । साथै चिकित्सालयमा निर्माण गरिएको धनन्तरीको मन्दिर समेत उद्घाटन गरिएको छ ।

उनले फरक प्रसंगमा नेपालमा अब कुनै पनि देशको नाकाबन्दी खेप्नु पर्ने अबस्था नआउने मुख्यमन्त्री पोख्रेलले बताए । नेपाल कम्युनिस्ट पार्टी ९ नेकपा० प्रदेश नं। ५ का ईञ्चार्ज समेत रहेको पोख्रेलले बिगतमा पटक–पटक भारतको नाकाबन्दी खेप्नु परेको भन्दै अब नेपालले नाकाबन्दीको मार खेप्नु् पर्ने अबस्था नहुँने उनले बताए । अहिले भारत र चीनसंग सम्बन्ध सुधार भएकाले त्यो समस्या नआउने उनको भनाई थियो । यदि भारत र चीनमध्ये एक देशले नाकाबन्दी गरेपनि अर्को देशले नेपाललाई आबश्यक पर्ने सामान उपलब्ध गराउने उनको भनाई थियो ।

साथै उनले यो बर्ष कानून निर्माण र आबधिक निर्माणको बर्ष रहेको र अर्को बर्ष देखि बिकास निर्माणले गति लिने बताए । अर्को बर्ष देखि‘समृद्ध प्रदेश, सुखी जनताको नारालाई’ अघि बढाउने उनको भनाई थियो । प्रदेश नं। ५ को सामाजिक विकास मन्त्रालयका महानिर्देशक तथा अस्पताल विकास तदर्थ समिति अध्यक्ष विनोद गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, प्रदेशसभा सदस्य उत्तरकुमार वली, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलगायतले मन्तब्य ब्यक्त गरेका थिए । साथै अस्पताल प्राङ्गणमा निर्माण गरिएको धनन्तरी मन्दिरको समेत उद्घाटन गरिएको छ ।