५ बैशाख, घोराही। प्रदेश ५ का मुख्यमन्त्रि शंकर पोखरेल, उहाकि धर्मपत्नी प्रतिनिधि सभा सदस्य सुजिता शाक्य र उहाका छोरीहरुले दाङका ५ जना अति विपन्न वालवालिकाहरुलाई विद्यालय भर्ना गराएका छन् ।

मुख्यमन्त्रि पोखरेल, प्रतिनिधि सभा सदस्य शाक्य, उहाका छोरीहरु अंकीता पोखरेल, आकृति पोखरेल र मुख्यमन्त्रिका स्वकिय सचिव सरोज रेग्मि मंगलवार दाङको गोरक्ष रत्ननाथ माध्यमिक विद्यालयमा पुगेर ५ जना अति बिपन्न बालबालिकाहरु शिबु चौधरी, कल्पना योगी, कमल, आशिका चौधरी र राजन शर्मालाई विद्यालयमा भर्ना गराएका हुन् ।
विद्यालयमा यी ५ बालकको अभिभावकको नाम उहाहरुको रहेको छ ।

विद्यालय भर्ना गरेपछि प्रतिक्रीया दिदै मुख्यमन्त्रि पोखरेल र सांसद शाक्यले आफूले अभिभावकत्व लिएर भर्ना गराएका विद्यार्थी सफल भएको हेर्न चाहेको बताए ।

उनिहरुले भर्ना अभियानमा विद्यालय गएका विद्यार्थीलाई विद्यालयमै टिकाउन सरकारले सबै सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । विद्यालयमा वालवालिकाको भर्ना अभियान अन्तरगत निरक्षरतालाइ उन्मूलन गर्ने राष्ट्रिय अभियानमा आफ्नो पुरै परीवार ५ जना अति विपन्न वालवालिकाको अभिभावकत्वको जिम्मेवारी लिन पाउँदा खुशीको अनुभूति भएको प्रतिनिधि सभा सदस्य शाक्यले बताइन् । उनले आफुहरु अभिभावकत्व लिई भर्ना गरेका वालवालिकाहरुको आगामी दिनमा परिवारको सक्षमता र आत्मनिर्भरताको लागि पनि पहल निरन्तर जारी रहने प्रतिवद्धता जनाइन् ।

उनले भर्ना भएका ति वालवालिकाको स्थानीय संरक्षकको एमाले नेतृ सामाजिक अगुवा हुमा डिसीले लिनुभएको पनि जानकारी दिइन् । एमाले नेतृ शाक्यले विद्यालयमा अति विपन्न वालवालिका भर्ना गर्न र अभिभावकत्व जिम्मेवारी लिने अवसर दिएको वालवालिकाको परीवार तथा शुभेच्छुक सबैमा हार्दिक आभार र धन्यवाद दिएकि छिन् ।

‘यो त सांकेतिक मात्रै हो विद्यालयबाहिर रहेका र विद्यालय छाडेका दाङसहीत देशभर बालबालिकाहरुलाई विद्यालय लैजान सकेमात्रै हाम्रो अभियान सफल हुन्छ’ शाक्यले भनिन्, ‘यसमा सबैैको साथ आवश्यक छ ।’ उनले भर्ना भएका बालवालिकालाई विद्यालयमा नियमित आउने वातावरण बनाउन अभिभावक र शिक्षकहरुलाई आग्रह गरीन् । आफूले पनि विद्यालय भर्ना गरिएका बालकहरुको शैक्षिक अवस्थाको बारेमा बेलाबेला जानकारी लिइरहने ृउनले विश्वास दिलाइन । साथै शाक्यले अति विपन्न पाँच बालकहरुलाई कक्षा १० सम्म अभिभावकत्व प्रदान गर्ने । उनिहरुको कापि ,कलम, पोषाक लगायत शूल्क बेहोर्ने प्रतिवद्धता जनाइन् ।