घोराही आएर वर्षमानले भने-प्रदेश ५ को राजधानि लुम्विनि, भेरीका नेकपाकै ठुला नेताहरुका कारण तोक्न सकिएन

घोराही आएर वर्षमानले भने-प्रदेश ५ को राजधानि लुम्विनि, भेरीका नेकपाकै ठुला नेताहरुका कारण तोक्न सकिएन 1

मुख्यमन्त्रि र सभामुख हामिसंग भएकाले राजधानि आउछ भन्नेमा विश्वस्त रहेको पुनको जोड

घोराही,कार्तिक २२ । उर्जामन्त्रि वर्षमान पुन अनन्तले प्रदेश ५ को राजधानि राप्ती, लुम्विनि र भेरीमा नेकपाकै ठुला नेताहरु भएका कारण चयन गर्न नसकिएको बताए । उनले मुख्यमन्त्रि, सभामुख र विज्ञ समितिको संयोजक आफुहरुको भएका कारण उपयुक्त र विवेक सम्मत तरीकाले राजधानि टुंगो लाग्ने पनि बताए ।

राप्तीमा ठुला नेताहरु भएपनि प्रदेश ५ को राजधानि दाङ तोक्न नसक्दा तपाइको दम देखीएन नि भन्ने सञ्चारकर्मिको जिज्ञासामा मन्त्रि पुनले भने- राप्तीमा ठुला नेताहरु त छदै छन्, त्यो भन्दा ठुला नेताहरु लुम्विनिमा छन्, अझ त्यो भन्दा ठुला नेताहरु वामदेव गौतमसहीतका भेरीमा भएकाले राजधानि टुगो लगाउन सकिएको छैन, त्यसैले ठुला नेताहरु भएका कारण त राजधानि तोक्न सकिएन्, विज्ञ टोलि प्रदेश सरकारले बनाएको छ, प्रदेश सरकारको दुई तिहाइले राजधानि तोक्ने भएकाले यो प्रदेशको आन्तरीक विषय पनि हो, हामिसंग मुख्यमन्त्रि पनि हुनुहुन्छ, अझ त्यसमा सभामुख पनि हुनुहुन्छ, विज्ञ समितिको संयोजक पनि र हाम्रै हुनुहुन्छ, राजधानि उपयुक्त र विवेक सम्मत तरीकले निर्णय हुन्छ भन्नेमा म विश्वस्त छु । साथै उनले विद्युतमा नेपाल आत्मनिर्भर वन्दै गएको बताए ।

SPONSORED

घोराही आएर वर्षमानले भने-प्रदेश ५ को राजधानि लुम्विनि, भेरीका नेकपाकै ठुला नेताहरुका कारण तोक्न सकिएन 2

उनले दाङमा पुर्ण विद्युतिकरणको कार्यक्रम पनि सुरु भइसककेो भन्दै अव लो भोल्टेजका कारण हुने समस्या पनि समाधान भइसकेको पनि बताए । मन्त्रि पुनले माडि डायभर्सनको प्रकृया पनि अघि बढिसकेको र अध्ययन प्रकृयाले गति लिन थालेको पनि सुनाए ।पुर्व सभामुख कृष्णबहादुर महराको वलात्कार प्रकरणमा आफुहरुलाई जोड््नु बेठिक भएको बताएका छन् । प्रेस संगठन दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा वोल्दै मन्त्रि पुनले महराकै निर्वाचन क्षेत्र घोराहीमा आएर महराको नैतिकता हिन काम गरेको बताए । उनले महरा सरको विषय अपराधी नभई नैतिकतासंग जोडिएकाले यसलाई सोहीरुपमा हेरीनुपर्ने बताए । महरा माथिको वलात्कार प्रकरणमा उहा कारागार चलान भइसकेकाले अदालतले विवेक सम्मत निर्णय गर्ने पनि अपेक्षा गरेको बताए । महरा सरको वारेमा यसप्रकारका कुरा आउनु आफु चेला भएको हिसावले धेरै दुख लागेको भन्दै अदालतमा गइसकेको मुद्धाका वारेमा त्यति धेरै वोल्नु उचित नहुने पनि बताए ।

SPONSORED

घोराही आएर वर्षमानले भने-प्रदेश ५ को राजधानि लुम्विनि, भेरीका नेकपाकै ठुला नेताहरुका कारण तोक्न सकिएन 3

आफ्नै श्रीमती ओनसरि घर्तिसगै आएका उर्जा मन्त्री पुनले महरा सरको यो विषयमा नैतिकतासंग जोडिएकाले यसमा धेरै कसैलाई खेद्ने काम नगर्न पनि आग्रह गरे ।नयाँ सभामुखको चयन प्रकृया छिट्टै सुरु हुने बताए । उनले अव संसद बैठक वोलाएर नयाँ सभामुख चयन प्रकृया अघि बढाइने उनले बताए । उनले नयाँ सभामुखका लागि पार्टिका नेताहरु लागि परेको भन्दै विगतमा महरा सरको थुन छेक वहसका कारण रोकिएपनि अव यसले गति लिने पनि जानकारी दिए ।

SPONSORED

घोराही आएर वर्षमानले भने-प्रदेश ५ को राजधानि लुम्विनि, भेरीका नेकपाकै ठुला नेताहरुका कारण तोक्न सकिएन 4