पुर्ब अर्थ सहायक मन्त्री रुपज्योति गिरफ्तार, आइजीपी सर्बेन्द्रको पालामा ठुला भन्ने कुनै अपराधी नछुट्ने !!

पुर्ब अर्थ सहायक मन्त्री रुपज्योति गिरफ्तार, आइजीपी सर्बेन्द्रको पालामा ठुला भन्ने कुनै अपराधी नछुट्ने !! 1

कार्तिक२१’आज मात्र पुर्ब अर्थ सहायक मन्त्री रुप ज्योति लाई सिङापुर बाट नेपाल आउदै गर्दा त्रिभुवन बिमानस्थल बाटै ल्यान्ड्मार्क डेभलपर्स प्रा लि को नाउमा हाउजिङ्ग बनाउने भन्दै करोडौं ठगी गरेको आरोपमा आइजीपीको ठाडो आदेशमा गिरफ्तार गरिएका छ्न प्रतिष्ठित व्यापारिक घराना ज्योति ग्रुपका सदस्य रुपज्योतिलाई प्रहरीले पक्राउ गरेको छ।

रुपज्योतिलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई बिहीबार राति साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।प्रहरी स्रोतका अनुसार सिंगापुरबाट सिल्क एयरमा आएका रुपज्योतिलाई ओर्लनासाथ पक्राउ गरिएको हो। उनलाई विमानस्थलबाट महानगरीय प्रहरी काठमाडौं लगिएको छ।उनी पूर्वअर्थ सहायकमन्त्री समेत हुन्। यसअघि पुर्ब सभामुख कृष्ण बहादुर महरा दिल्ली बजार जेल चलान गरिएका छ्न भने पुर्ब मन्त्री अफ्ताब आलम लाई १२ बर्ष अगाडि इटाभटट्टा मा दर्जनौ मानिस लाई जिउदै हालेर जलाएको अपराध मा जेल जाने तरखर मा छ्न।यसरी एक पछि अर्को गर्दै भिआइपी अपराध कर्म मा रमाएका हरु जेल पर्नु ले सर्बत्र आइजीपी खनालको वाही वाही चुलिदो छ भने सरकारको बिस्वस्नियता समेत मजबुत हुँदै गैरहेको छ।

SPONSORED

पुर्ब अर्थ सहायक मन्त्री रुपज्योति गिरफ्तार, आइजीपी सर्बेन्द्रको पालामा ठुला भन्ने कुनै अपराधी नछुट्ने !! 2

तसर्थ भन्नै पर्छ नेपाल मा सुशासन को सुरुवात भएको छ, कानुनी राज्य स्थापित हुदैछ, कानुन सबैको लागि समान हुदै गरेको कुरा जनता बिस्वस्त हुँदै गरेको देखिएको छ।यी याबत कुरा को जस को भागिदार यदि कोहि हो भने अपराधी को कुनै पद र ओहोदा हुदैन भन्ने प्रधानमन्त्री केपी ओलि र हिम्मत का साथ पक्राउ गर्न खुट्टा नकमाउने आइजीपी सर्बेन्द्रनै हुन।अहिले सरकार ले अपराधी लाई बचाउछ र त्यही कुरा प्रहरी ले तामेल गर्छ भनेर गित गाउने हरुलाइ ठुला ओहोदा का ब्यक्तिहरु भटाभट समातिनुले गतिलो जबाफ फर्काएको छ।

SPONSORED

पुर्ब अर्थ सहायक मन्त्री रुपज्योति गिरफ्तार, आइजीपी सर्बेन्द्रको पालामा ठुला भन्ने कुनै अपराधी नछुट्ने !! 3

SPONSORED

पुर्ब अर्थ सहायक मन्त्री रुपज्योति गिरफ्तार, आइजीपी सर्बेन्द्रको पालामा ठुला भन्ने कुनै अपराधी नछुट्ने !! 4