उपचुनाव सुरु भएसंगै प्रमोद बस्नेतलाई काँग्रेसको क्षेत्रीय उपसभापतिमा मनोनित

उपचुनाव सुरु भएसंगै प्रमोद बस्नेतलाई काँग्रेसको क्षेत्रीय उपसभापतिमा मनोनित 1

दाङ,कात्तिक २१ । नेपाली काँग्रेसले युवा नेता प्रमोद बस्नेतलाई क्षेत्रीय उपसभापतिमा मनोनित गरेको छ । नेपाली काँग्रेस क्षेत्र नम्वर ३का सभापति जगतबहादुर खड्काले बिहीवार युवा नेता बस्नेतलाई क्षेत्रीय उपसभापतिमा मनोनित गरिएको जानकारी दिए ।

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति, जिल्ला कार्यसमितिको सरसल्लाह पछि बस्नेतलाई काँग्रेसको क्षेत्रीय उपसभापतिमा मनोनितगरिएको क्षेत्रीय सभापति खड्काले जानकारी दिए । नेपालि काग्रेसका केन्द्रिय सदस्य दिपक गिरी, जिल्ला सभापति किर्तिबहादुर खड्कासहीत जिल्ला समिति र क्षेत्रीय समितिको बैठक बसेर बस्नेतलाई उप सभापतिमा मनोनित गरीएको हो । बस्नेत आजभन्दा २ बर्ष अगाडि राप्रपाबाट नेपाली काँग्रेसमा पार्टी प्रवेश गरेका थिए। त्यसअघि उनले राप्रपा बाट संविधानसभाको निर्वाचनमा प्रतिपर्धा समेत गरेका थिए । प्रवेश गरेको लामो समयसम्म पनि काग्रेसले बस्नेतलाई कुनै जिम्मेवारी दिएको थिएन् । उपचुनाव नजिकिदै गर्दा काग्रेसले बस्नेतलाई जिम्मेवारी दिएको हो । यसअघी जिम्मेवारी विहिन हुँदा पटक–पटक बस्नेत काग्रेसप्रति असन्तुष्ट हुँदै आएका थिए ।

SPONSORED

उपचुनाव सुरु भएसंगै प्रमोद बस्नेतलाई काँग्रेसको क्षेत्रीय उपसभापतिमा मनोनित 2

SPONSORED

उपचुनाव सुरु भएसंगै प्रमोद बस्नेतलाई काँग्रेसको क्षेत्रीय उपसभापतिमा मनोनित 3