निर्वाचन हुने स्थानको आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्था तयारी

निर्वाचन हुने स्थानको आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्था तयारी 1

मंसीर १४ गते हुने उपनिर्वाचन नजिकिँदै गर्दा निर्वाचन हुने स्थानको आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएको दाङका जिल्ला सुरक्षा समिति संयोजक प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताएका छन् ।

निर्वाचन हुने कुल ३४ स्थानमा सुरक्षा संवेदनशीलतालाई ख्याल गरेर सुरक्षा तैनाथी अवस्थामा राखिएको उनले बताए । प्रमुख जिल्ला अधिकारी रिजालले प्रदेश सभाको निर्वाचन हुने दाङ निर्वाचन क्षेत्र नम्बर ३ (२) का केही स्थान अतिसंवेदनशील मानिएकाले त्यहाँको विशेष सुरक्षा सतर्कता अपनाइएको बताए । मतदान स्थलको सुरक्षा सतर्कता अनुसार ६ स्थल अतिसंवेदनशील, २६ स्थल संवेदनशील र २ स्थल सामान्य निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी रिजालको भनाई छ ।

SPONSORED

निर्वाचन हुने स्थानको आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्था तयारी 2

यस्तै, निर्वाचन लक्षित अन्य आवश्यक तयारी पनि पूरा भएको उनको भनाई छ । उम्मेदवार तथा आम नागरिकलाई सहज रुपमा निर्वाचनका सहभागी गराउने सवालमा सबै खालका संयन्त्र तयारी अवस्थामा राखिएको र आवश्यक जनशक्ति परिचालन गराउने काम भइरहेको बताए ।  दाङमा निर्वाचन हुने कुल ३४ मतदान केन्द्रमा अहिले चुनावी सरगर्मी बढेको छ ।
बिहीबार उम्मेदवारी दर्ताभएसँगै दाङ निर्वाचनमय भएको छ । दलहरू तथा स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरू चुनावी प्रचार प्रसारमा जुटेका छन् ।

SPONSORED

निर्वाचन हुने स्थानको आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्था तयारी 3

निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ र घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा मतदाता र मतदान स्थलको सुरक्षा, उम्मेदवार तथा निर्वाचन सुरक्षाका विषयमा निर्वाचन कार्यालयले सबैसँग निरन्तर छलफल गरिराखेको छ । यस पटकको उपचुनावमा ७३ हजार १ सय ७२ जना मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशसभा सदस्यलाई छान्न ६८ हजार ७ सय १९ जना र वडा अध्यक्ष चुन्नका लागि ४ हजार ४ सय ५३ जनाले भोट हाल्न पाउने जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

SPONSORED

निर्वाचन हुने स्थानको आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्था तयारी 4

दुई स्थानको चुनावका लागि ३४ मतदान स्थल र ८२ केन्द्र तोकिएको छ । निर्वाचन क्षेत्र नम्बर ३ को दुईमा ३२ स्थल र ७७ केन्द्र, घोराही १६ मा २ स्थल र ५ केन्द्र निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृत थापाले बताए ।