थापालाई ह्वील चियर प्रदान

२०७६ आश्विन २४, शुक्रबार १४:२५ मा प्रकाशित

घोराही / उच्च रक्त चापका कारण शारिरीकरुपमा अशक्त रहेका घोराही १५ निबासी प्रेमबहादुर थापालाई ह्वील चियर प्रदान गरिएको छ । नेकपाका नेता समेत रहेका थापालाई घोराही उपमहानगरपालिकाले ह्वीलचियर प्रदान गरेको हो ।

लामो समय देखी राजनितिमा सकृय थापा केही महिना देखी उच्च रक्तचापका कारण अस्वस्थ भएका थिए । शारिरीकरुपमै अशक्त थापालाई उपमहानगरले हिडडुल गर्न सहजताका लागि एक थान ह्वीलचियर उपलब्ध गराएको हो ।

SPONSORED

नगर प्रमुख नरुलाल चौधरी, नेकपा दाङ्का आर्थिक उप प्रमुख गेहेन्द्र बस्नेतसहित वडा अध्यक्षहरुले थापालाई उक्त ह्वील चियर हस्तान्तरण गरेका छन । काठमाडौमा उपचार गरेर फर्केका थापाको घोराहीमा थेरापी सहित अन्य उपचार भैरहेको छ ।

SPONSORED

 

SPONSORED