आईजीपी सर्वेन्द्र खनालबाट विजया दशमीको टीका प्रदान

२०७६ आश्विन २२, बुधबार २०:५८ मा प्रकाशित

असोज २२,आईजीपी सर्वेन्द्र खनालले वरिष्ठ प्रहरी अधिकृत, प्रहरी अधिकृत तथा जवानहरु, पूर्व प्रहरी कर्मचारीहरु एवम् प्रहरी परिवारलाई विजया दशमीको टीका लगाइदिएका छन् ।प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित सबैलाई खनालले टीका लगाइदिएका हुन् ।टीका ग्रहण गर्ने सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरु, पूर्व प्रहरी कर्मचारीहरु एवम् प्रहरी परिवारलाई प्रहरी महानिरीक्षक खनालले सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना गरे ।नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष प्रमीला खनालले उक्त संघका पदाधिकारी एवम् सदस्यहरुलाई टीका लगाउनुका साथै टीका ग्रहणका लागि उपस्थितलाई जमरा तथा प्रसाद प्रदान गरेकी थिइन् ।

SPONSORED